• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान


  •   बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
  • म्याग्दी (बेनी) ३१ जेठ 

    Advertisement

    बेनी नगरपालिका–४ सोताका सर्वलाल थापाले दुई भँैसी पाल्नुभएको छ । गाउँमा सामान्य खेती किसानी गर्ने उहाँको परिवारको आम्दानीको स्रोत भैँसीको दूध बिक्रीबाट हुने कमाई नै हो । घरमा उत्पादन हुने दूध सिङगामा रहेको शुभकामना कृषि सहकारी संस्थामा बिक्री गर्दै आएको उहाँको छ । थापा मात्रै होइन सोता गाउँमा रहेका १९ घरमध्ये अधिकांशले भैँसीपालेर सहकारीमा दूध बिक्री गर्दै आएका छन् ।

    ‘‘ गाउँमा अधिकांशको घरमा दुईदेखि तीन भैँसी छन्, बिहान–बेलुका नै सहकारीमा लगेर दूध बिक्री गर्छौ, दूधबाट हुने आम्दानीले नै घरखर्च चल्ने गरेको छ, कृषि सहकारीले दूध खरिद गर्ने भएपछि थोरै–धेरै जति दूध पनि बिक्री गर्न पाउने सुविधा भएको छ’’ किसान थापाले भन्नुभयो । बेनी – ४ सिङगामा रहेको यस सहकारीले विसं २०७५ देखि किसानको दूध खरिद गर्ने र बजारीकरण गर्दै आएको छ ।

    ग्रामीण सहरीकरणको रुममा विकास भइरहेको सिंगामा सहकारीले किसानको दूध खरिद गर्ने सुविधा भएपछि सिंगा, सुर्केमेला, राक्से, ठूलोखोला, सोता, बाझरा लगायतका टोलमा भैँसीपालन गरेर स्थानीयले दूधबाट नगद आम्दानी गर्दै आएका छन् । सहकारीमा अहिले दैनिक दुई सय ५० लिटर बढी दूध सङ्कलन हुने गरेको सहकारीका प्रबन्धक दीपक शर्माले जानकारी दिनुभयो । किसानबाट सङ्कलन भएको दूधलाई सहकारीले स्थानीय उपभोक्ता र सदरमुकाम बेनी बजारमा बिक्री गर्दै आएको प्रबन्धक शर्माले बताउनुभयो ।

    सहकारीमा आबद्ध ८० जना दुग्ध किसानले दूध बिक्रीका लागि सहकारीमा खाता खोलेकोमध्ये अहिले ३५ जनाले नियमित रुपमा दूध बिक्री गर्दै आएका छन् । बिहान र बेलुकाको समयमा सहकारीको दूध सङ्कलन केन्द्रमा दूध ल्याएर आउने किसानको चहलपहल हुने गर्छ । सहकारीले दूधको फ्याट र एसएनएफ ‘मिल्क एनालाइजर मेसिन’मा परीक्षण गरेर दूधको मूल्य निर्धारण गर्दै आएको छ । ”
    मेसिनले दिने दूधको फ्याट र एसएनएफको मात्राको आधारमा किसानलाई मूल्य दिने गरेका छौँ, सरदरमा सिकानले प्रतिलिटर रु १०० पाउँछन, एक लिटरदेखि १० लिटरसम्म दूध बिक्री गर्ने किसान हुनुहुन्छ’’–प्रबन्धक शर्माले भन्नुभयो ।

    उत्पादन भएको दूध घरदैलोमै बिक्री हुने भएपछि यस क्षेत्रका स्थानीय दूधबाट आत्मनिर्भर बन्न थालेका छन् । चार सयजना शेयर सदस्य रहेको यस कृषि सहकारीले अहिले मासिक करिब रु नौ लाखको दूध बिक्री गर्दै आएको छ । हिउँदयाममा दूध उत्पादन धेरै हुने भएकाले दैनिक तीन सय ५० लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । हिउँदमा दूधको माग कम र उत्पादन बढी हुने भएकाले पनिर र कुराउनी बनाएर बिक्री गरिँदै आएको छ ।

    गत आर्थिक वर्षमा सहकारीले रु ९० लाख बराबरको दूध बिक्री गरेको सहकारीका अध्यक्ष गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । जिल्लामा आवश्यकपर्ने दूधमध्ये २५ प्रतिशत आपूर्ति गर्ने र दूधको मात्रै वार्षिक रु एक करोड ५० लाख बराबरको कारोबार गर्ने लक्ष्यसहित सहकारीले दूध सङ्कलनको क्षमता विस्तार र किसानलाई भैँसीपालनतर्फ प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

    ‘‘ हामीले किसानलाई बचत तथा ऋणको कारोबार सेवा पनि दिएका छौँ, बिहानबेलुका दूध सङ्कलन र वितरण गर्छौँ, किसानको उत्पादनसँग जोडिएकाले सहकारीको आर्थिक पाटो पनि सकरात्मक छ, बजारमा दूधको मूल्यमा आउने उतार–चढाबले कहिलेकाहीँ समस्या पर्छ’’ अध्यक्ष पौडेलले भन्नुभयो । दूध बिक्री गर्न ल्याउने किसानलाई मासिक रुपमा सहकारीमै रहेको खातामा पैसा जम्मा गरिदिने र किसानले आवश्यक परेको समयमा झिकेर लैजाने प्रबन्ध मिलाइएको छ । यस सहकारीले किसानलाई व्यावसायिक बनाउन र दूधजन्य उत्पादन बढाउन साना किसान सहकारी विकास आयोजना पोखरासँगको सहकार्यमा ९ प्रतिशत ब्याजदरको सस्तो ऋणसमेत प्रवाह गर्दै आएको जनाएको छ । सिङगामा सहकारीले आफ्नै भवन र व्यावसायिक सटरसमेत निर्माण गरेको छ । छजना कर्मचारी राखेर सहकारीले बचत तथा ऋण कारोवारसँगै दूध सङ्कलन र वितरण तथा कृषि पेसा अगालेका शेयर सदस्यलाई तरकारी तथा फलफूलका बिरुवा वितरणको कामसमेत गर्दै आएको छ । सिंगासँगै सोही वडाको बास्कुना गाउँमासमेत बास्कुना कृषि सहकारीमार्फत किसानले दूध बिक्री गर्दै आएका छन् । यहाँका ५० जना किसान आबद्ध रहेको बास्कुना कृषि सहकारीले दैनिक दुई सय ५० लिटर दूध सङ्कलन गरेर सदरमुकाम बेनीमा बिक्री गर्दै आएको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, दूध बिक्री गरेर गाउँमा भाडाको खर्च कटाएर मासिक रु ६ लाख नगद भित्रने गरेको छ । वडा नं ४ का सिङगा, राक्से, तातोपानी, सोता, बास्कुनालगायतका टोलमा करिब एक सय घरधुरीले भैँसीपालन गरेर दूध बिक्री गर्दै आएको वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । सिङ्गा र बास्कुनामा कृषि सहकारीले दूध

    सङ्कलन र वितरण गर्दै आएका छन् ,भने तातोपानीमा किसान आफैले दूध बिक्री गर्दै आएका छन् । दूध उत्पादनको पकेटक्षेत्र बनेको यस वडामा वडा कार्यालयले किसानलाई तालिम र अनुदानमा राँगो वितरण गरेको छ । यसवर्ष भैँसीपालक किसानलाई पाँच वटा उन्नत जात र स्थानीय जातको राँगो अनुदानमा वितरण गरिएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो ।

    ‘‘ पशुपालन र कृषि दुबैमा सम्भावना छ, उत्पादन भएका उपजको बजारीकरणमा पनि समस्या छैन, कृषि र पशुपालनलाई थप व्यवस्थित र व्यावसायिक बनाउन प्रोत्साहनका कार्यक्रममा हामीले पहल गरेका छौँ’’–वडा अध्यक्ष खड्काले भन्नुभयो, “सदरमुकाम बेनीमा दूध आपूर्ति गर्नेमध्येमा सिङ्गाले ठूलो हिस्सा ओगट्ने गरेको छ । बेनी–दरबाङ सडकखण्डले समेटिएको यस वडाबाट सदरमुकाम बेनीबजार जोड्ने मुख्य सडक कालोपत्र भएपछि किसानले उत्पादन गरेको दूधजन्य र कृषिजन्य उत्पादनको बजारीकरणमा सहज भएको छ ।

    बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.