• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

स्वदेशी वस्तुको प्रचारप्रसार र बजारीकरणमा सहयोग गर्न सरकार तयार : प्रधानमन्त्री


  •   बिहिबार, भदौ ०२, २०७९ मा प्रकाशित
  • काठमाडौँ २ भदौ 
    प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चापदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित बस्तुको प्रचारप्रसार र बजारीकरणमा आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

    Advertisement

    महिला उद्यमी महासङ्घ नेपालले आजदेखि ललितपुरमा आयोजना गरेको ‘छैठौँ अन्तर्राष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उहाँले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचारप्रसार तथा बजार विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।

    उहाँले महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाका प्रदर्शनी एवं मेलाले निकासी प्रवद्र्धनमा सहयोग पुग्नाका साथै नेपाली महिलाले सञ्चालन गरेका साना तथा मझौला उद्योगको संरक्षण र दीगो विकासमा मद्दत पुग्ने बताउनुभयो ।

    “स्वदेशभित्रै उपलब्ध कच्चापदार्थ, स्रोत साधनलाई अधिक परिचालन गरी निकासी प्रवद्र्धनमार्फत विदेशी मुद्राको आर्जन र रोजगारी विस्तार गर्न महिलाले विशेष ध्यान दिनुपर्छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “स्वदेशी श्रम, सीप र कच्चापदार्थमा आधारित उद्योग स्थापना गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न सहयोग पु¥याउन सबैलाई अपिल गर्न चाहन्छु ।”

    व्यापार मेलाले महिला उद्यमशीताललाई प्रवद्र्धन गर्र्न, महिला उद्यमी व्यवसायीबाट उत्पादित वस्तु तथा सेवाको विविधीकरणका साथै बजारको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले महिला उद्यमीको वस्तु तथा सेवाको प्रदर्शनीले रोजगारी सिर्जना, व्यावसायिक सीपको विकास तथा महिलालाई उद्यम व्यवसायमा लाग्न प्रेरित गर्ने बताउनुभयो ।

    “मेलाले महिला रोजगारी र स्वरोजगारी सिर्जना गर्नका साथै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा अगाडि बढाउन सहयोग मिल्ने छ, महिला उद्यमीबाट उत्पादित वस्तु तथा सेवाको प्रचारप्रसार, बिक्री प्रवद्र्धन र बजारीकरणका लागि महासङ्घले आयोजना गरेको प्रदर्शनी सिङ्गो नेपाली महिला उद्यमीको व्यावसायिक सञ्जाल र सम्पर्कलाई विस्तार एवं व्यावसायिक ज्ञान तथा सीप आदानप्रदान गर्न सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । मेलाले व्यवसायी–व्यवसायीबीच र व्यवसायीदेखि उभोक्तासम्मको सम्पर्क तथा सम्बन्धलाई विस्तार गर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

    प्रदर्शनीका क्रममा हुने उद्योमी व्यवसायीबीचको अन्तक्र्रिया र आयात निर्यातसँग सम्बन्धित सूचना आदानप्रदानले अन्य मुलुकका उद्यमी व्यवसायीकाबीच व्यापारिक सहकार्य, समन्वय र सम्बन्ध विस्तारमा पनि सहयोग पुग्ने जनाउँदै उहाँले यसबाट नेपाली उत्पादनको निर्यात वृद्धि गरी विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने बताउनुभयो ।

    उहाँले मेलामा काठमाडौँ उपत्यकालगायत सातै प्रदेशका विभिन्न जिल्लाबाट महिला उद्यमीले स्थानीय स्रोत र साधनबाट बनाइएका परम्परागत सीपमा आधारित उत्पादन प्रदर्शनी हुने कुराबाट आफू हर्षित भएको बताउनुभयो । “जुम्ला, हुम्ला, दार्चुला, डडेल्धुरा, ताप्लेजुङ जस्ता विकट तथा दुर्गम जिल्लाबाट पनि उद्यमी महिला सहभागी भई आफ्ना उत्पादन प्रदर्शनी गर्न ल्याउनुभएको जानकारी पाउँदा मलाई खुसी लागेको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

    नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको भन्दै उहाँले निजी क्षेत्रले मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिमा टेवा पु¥याउँदै रोजगारी सिर्जनामा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । आगामी दिनमा महिलाको अधिक सहभागिता हुनेमा विश्वास व्यक्त गर्दै उहाँले यसलाई अझ फराकिलो, समन्वयात्मक र सन्तुलित बनाउन आग्रह गर्नुभयो ।

    प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको अर्थतन्त्रमा आउन सक्ने चुनौतीलाई सामना गर्दै अत्यावश्यकीय वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई जारी राख्न सरकार र निजीले उचित समन्वय तथा सहकार्य गरेर अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले महिला उद्यमशीलता प्रवद्र्धनमा महासङ्घले रचनात्मक भूमिका निर्वाह गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

    महासङ्घका अध्यक्ष निरु रायमाझी (खत्री)ले स्थानीय कच्चापदार्थ, सीप, प्रविधि र अनुभवको प्रयोग गरी महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउन, त्यस्ता उत्पादनको बजारीकरण गर्न सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्ने बताउनुभयो । “कम लागत, स्थानीय सीप र क्षमतामा बनाइएका सामग्री कलात्मक छन्”, उहाँले भन्नुभयो, “त्यसलाई अझ गुणस्तरीय बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिन्छ ।”

    उहाँले महिला उद्यमीको क्षमता अभिवृद्धि, वित्तीय व्यवस्थापन र बजार प्रवद्र्धनमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो । अध्यक्ष रायमाझीले स्थानीय उत्पादनको बजार व्यवस्थापनका लागि स्थायी संरचनाको निर्माण गरिदिन आग्रह गर्नुभयो ।

    ‘स्वदेशी खाऔँ, स्वदेशी लगाऔँ, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौँ’ भन्ने नाराका साथ सुरु भएको सो व्यापार मेलामा कृषि, हस्तकला, सेवा, चाडपर्व, खाद्यवस्तु, अन्तर्राष्ट्रिय उद्यमीको उत्पादनलगायत १०९ कक्ष राखिएका छन् । मेलामा प्राकृतिक रेशाजन्य उत्पादन, बाँसबाट बनेका सामग्री, स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादन गरिएका वस्तु तथा सेवाको प्रदर्शनीमा राखिएका छन् ।

    मेलामा सातै प्रदेशका स्थानीय उत्पादन बिक्रीमा राखिएका छन् । पचपन्न हजारले मेलाको अवलोकन गर्ने र रु दुई करोडको कारोबार हुने अनुमान गरिएको मेला संयोजक शोभा ज्ञवालीले जानकारी दिनुभयो । मेलाकै क्रममा महिला उद्यमीको दीगोपन, वित्तीय साक्षरतासम्बन्धी अन्तक्र्रिया हुनेछन् । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्दै आउनुभएका तीन महिला उद्यमीलाई सम्मान गरिएको थियो ।

    बिहिबार, भदौ ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.