दाङ – दाङमा सर्पको डसाइबाट एक जनाको ज्यान गएको छ । सर्पको डसाइबाट राजपुर गाउँपालिका–१ कटबेरुवाकी १६ वर्षीया सुस्मिता रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
रोकायलाई आफ्नै घरको कोठामा सुतिरहेको समयमा हिजो बेलुकी सर्पले डसेको थियो । गढवाको सर्पदंश केन्द्रमा सामान्य उपचारपछि घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र प्रतिष्ठानमै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।




