• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

आन्दोलनले जन्मिएको कर्णाली प्रदेश


  •   आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
  • कर्णाली  भदौ ५ 

    Advertisement

    सात वर्षअघि विसं २०७२ साउन २३ गते मध्यराति प्रमुख चार राजनीतिक दलका शीर्षनेता सम्मिलित संविधानसभाको विशेष समितिले छ प्रदेशको सीमाङ्कनसहित सङ्घीयताको खाका सार्वजनिक गर्‍यो।

    उक्त खाकाप्रति साबिकको भेरी-कर्णाली क्षेत्रले चर्को असन्तुष्टि देखायो। कारण तत्कालीन भेरी अञ्चलका बर्दिया र बाँकेबाहेकका जिल्ला र साबिक कर्णालीका पाँच जिल्ला सुदूरपश्चिममा मिसाएर एउटै प्रदेश बनाइएको थियो।

    एकातिर साबिक कर्णालीको मात्र अलग प्रदेश र अर्कोतिर मध्यपश्चिम क्षेत्रलाई अखण्ड कायम गरी प्रदेश घोषणा गर्नुपर्ने मनोविज्ञान रहँदा प्रस्तावित खाकाप्रति असन्तुष्टिमात्रै देखिएन, जिल्ला–जिल्लामा आन्दोलन नै भयो।

    अखण्ड मध्यपश्चिमका ब्यानरमा साउन २४ गते सुर्खेतबाट सुरु भएको तत्कालीन आन्दोलन भेरी र कर्णालीका अन्य जिल्लामा पनि फैलियो। सुर्खेतमा आन्दोलन हिंसात्मक बन्दै गयो। आन्दोलनकारीले पार्टीका कार्यालयदेखि नेताका घरसमेत तोडफोड गर्न थाले।

    साउन २५ गते प्रहरीको गोली लागी वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय याम बिसीको मृत्यु भयो। १३ दिनसम्म चलेको आन्दोलनमा बिसीका साथै वीरेन्द्रनगर–४ का गोपालसिं रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरले सहादत प्राप्त गरे।

    आन्दोलन उत्कर्षमा पुगेपछि विसं २०७२ भदौ ४ गते साबिक कर्णाली अञ्चलसहित भेरीका सुर्खेत, दैलेख, जाजरकोट र राप्तीका सल्यान, रुकुमपश्चिम जिल्लालाई समेटेर अलग प्रदेशको घोषणा गरियो ।

    अन्ततः छ प्रदेशको सङ्घीय संरचना फेरबदल गर्दै प्रमुख चार राजनीतिक दल सात प्रदेशको सीमाङ्कन गर्न बाध्य भए। संविधान जारी भएयता छ नं प्रदेश भनेर चिनिएको यो प्रदेशलाई २०७४ फागुन १२ गते बसेको प्रदेशसभाको बैठकले ‘कर्णाली प्रदेश’ नामकरण ग¥यो । नामकरणसम्बन्धी उक्त प्रस्ताव प्रदेशसभाले सर्वसम्मत पारित गरेको थियो।

    प्रदेश प्राप्तिको आन्दोलनका अगुवामध्येका एक मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक प्रचण्ड पोखरेल चार जनाको सहादतकै कारण कर्णाली प्रदेश जन्मिएको दाबी गर्छन्। “यदि त्यो आन्दोलन सुरु नगरेको भए कर्णाली प्रदेश घोषणा हुने थिएन, नेतादेखि स्थानीय कार्यकर्ता डराइरहेको समयमा हामी सडकमा उत्रियौँ”, उनी भन्छन्, “यसका लागि सङ्घीयता चाहिएको उसैलाई बेवास्ता गरेर सीमाङ्कन गरिएपछि व्यवसायी, पेशाकर्मी, विद्यार्थी मिलेर आन्दोलनको नेतृत्व गरेका थियौँ, किनकि सङ्घीयता कर्णालीजस्ता उत्पीडित क्षेत्रका बासिन्दालाई हो।”

    नागरिक अगुवा एवं मध्यपश्चिम विश्वविद्यालयका पूर्वडिन पिताम्बर ढकाल कर्णाली प्रदेश प्राप्तिको आन्दोलन जनताले नेतालाई सडकमा आउन बाध्य पारेको क्षणका रूपमा स्मरण गर्छन्। “जनताले जितेको दिन हो, भदौ ४ गते । भेरी कर्णालीवासी नजागेको भए अहिले यो उपलब्धि हात पर्ने थिएन”, उनी भन्छन् “अरु प्रदेश र कर्णाली (छ नम्बर प्रदेश) को उत्पत्ति फरक छ, कर्णाली विद्रोहबाट जन्मेको प्रदेश हो।”

    विसं २०७४ मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनबाट निर्वाचित प्रदेशसभाको कार्यकाल सकिनै लागेको छ। सहिद परिवार, आन्दोलनका अगुवाहरू प्रदेशसभा र प्रदेश सरकारलाई सहिदको सपना पूरा गर्न गम्भीर हुनुपर्ने सुझाव दिन्छन् । वीरेन्द्रनगर–७ निवासी सहिदयाम बिसीकी बहिनी भगवती बिसी प्रदेश सरकारले सहिदको सम्मान गर्न नसकेको गुनासो गर्छन्।

    “आन्दोलनमा हामीले आफन्त गुमायौँ, सरकारले सम्झनामा सहिद गेट, शालिक निर्माण, सहिदका नाममा चोकहरूको नामकरण, परिवारलाई रोजगारी दिनेलगायतका माग पूरा गरेको छैन”, उनले भने, सहिद स्मृति दिवस, प्रदेश स्थापना दिवस सरकारी तवरबाटै मनाइनुपर्छ।” आश्रित परिवारका सदस्यलाई रोजगारी, निःशुल्क औषधोपचार र आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सहिद परिवारका माग छन्।

    ‘यसै वर्षबाट सहिद परिवार भत्ता’

    कर्णाली प्रदेश सरकारले बर्सेनि भदौ ४ गते प्रदेश स्थापना दिवसका रूपमा सार्वजनिक बिदा दिँदै आएको छ । वीरेन्द्रनगर–४ मा सहिद स्मारक उद्यान स्थापनाका साथै विषयगत मन्त्रालयले सहिद परिवारलाई वार्षिक छात्रवृत्ति र रोजगारीमा प्राथमिकता दिएका छन्।

    मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेश प्राप्तिको आन्दोलनमा ज्यानको आहुती दिने सहिदको सम्झनामा सहिद स्मारक उद्यान स्थापना गर्नुका साथै सहिद परिवारका सन्ततिलाई छात्रवृत्ति प्रदान गरेको बताउँछन्।

    प्रदेश सरकारले चालु आर्थिक वर्षबाट सहिद परिवार भत्ताको व्यवस्था गरेको छ। प्रदेश स्थापना दिवसका अवसरमा मुख्यमन्त्री शाहीद्वारा शनिबार जारी सन्देशमा कर्णाली प्रदेशको विकास र समृद्धिका लागि ‘समृद्ध कर्णालीः सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोचलाई पूरा गर्न ‘छ ब’ बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचारः सबैको सहकार्य र सरोकार मूल कार्यनीतिका साथ काम गरिरहेको उल्लेख छ।

    पूर्वमुख्यमन्त्री एवं नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाही प्रदेश प्राप्तिको लागि भएको आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सपना पूरा गर्न आफ्नो दल प्रतिबद्ध भएको बताउँछन्।

    भौगोलिक विकटता, विपन्नता, सामाजिक पछौटेपन र भौतिक विकासमा पछाडि रहेको यस प्रदेशको तीव्रगतिमा विकास गर्न सके वास्तविक अर्थमा सहिदको सपना पूरा हुने उनको भनाइ छ।

    आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.