चितवन माडी, कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा नारायण प्रसाद सुवेदी चयन भएका छन ।
माडी (६ )लक्ष्मीनिवास अबस्थित पुष्प मदन स्मृति वाटिकाको सभाहलमा सम्पन्न १२ औं बार्षिक साधारणसभा तथा पाचौं अधिवेशनबाट उनीे चयन भएका हुन् ।
उनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति पनी गठन भयको छ।
समितिको उपाध्यक्षमा शिलादेवी रानाभाट, सचिवमा नारायण प्रसाद भट्टराई, कोषाध्यक्षमा सर्मिला वि.क र सदस्यहरूमा मोहन आचार्य, जानुका आचार्य, अनुष्का पौडेल, पुर्ण बानियाँ, चन्द्रकान्त सापकोटा, नारायण प्रसाद पौडेल र सुरेश थापा चयन भएका छन भने लेखा संयोजकमा हर्कबहादुर चापागाईं रहेका छन ।




