• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चितवनमा ८८ प्रतिशत रोपाइँ सकियो, पश्चिम चितवनमा २५ प्रतिशत अझै बाँकी


  •   सोमबार, साउन १२, २०८२ मा प्रकाशित
  • चितवन, भरतपुर महानगरपालिका–२५का कृष्ण न्यौपानेले असार महिनामा धान रोप्नेगरी बीउ तयार गरेका थिए । पानी नपर्दा उनले अहिलेसम्म धान रोप्न पाएका छैनन् । बाह्र बिगाहामा खेत रोप्दै आएका न्यौपाने धान रोप्न नपाइने हो कि भन्ने चिन्तामा छन् ।

    Advertisement

    ‘असारमा रोप्न भन्दै धानको बीउ राखेको चालिस दिन भइसक्यो । बीउ बुढो भएको छ’, न्यौपानेले भने ‘ठुलो पानी नपर्दा हामी जस्तो किसानलाई ज्यादै समस्या छ ।’ उनले बाह्र विगाहा क्षेत्रफललाई पुग्ने धानको बीउ राखेका थिए । सिँचाईको सुविधा भएको आठ बिगाहा क्षेत्रफलमा धान रोपिसकेका छन् । चार बिगाहा क्षेत्रफलमा धान रोप्न बाँकी रहेको उनले सुनाए ।
    खेतमा बोरिङ रहेपनि बिजुली र खेतलाको पैसाले धान्न नसक्ने उनले बताए । ‘बोरिङ त छ । त्यहाँबाट पानी निकालेर दिनमा भरिमा पाँच कठ्ठाभन्दा बढी रोप्न सकिँदैन’, उनले भने ‘दिनभरी जोतेको ट्याक्टरलाई दिने पैसा पनि उठ्दैन ।’ उनले २२ दिन अगाडि धान रोप्ने गरी धानको बीउ तयार गरेका थिए ।

    पश्चिम चितवनमा साउनको आधा महिना सकिन लाग्दासम्म २५ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन सकेको छैन । कृषि विकास कार्याल चितवनका अनुसार समयमा पानी नपर्दा भरतपुर महानगरपालिका भित्र धान रोपाइँमा ढिलाई हुँदै गएको हो । कार्यालयको तथ्यांक अनुसार भरतपुर महानगरपालिका भित्र ७५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । यहाँ ९ हजार ७ सय हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गर्दछ ।

    चितवनको समग्र रुपमा हेर्दा ८८ दशमलव ७२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको कृषि कार्यालय चितवनकी सूचना अधिकारी बिन्दु पौडेलले जानकारी दिइन् । ढिलो गरी मनसुन सुरु हुनु र सिँचाइ सुविधा उपलब्ध नहुँदा रोपाइँ गर्न ढिला भएको उनले बताइन् । उनका अनुसार भरतपुर महानगरपालिकामा सबैभन्दा कम रोपाइँ भएको छ । भरतपुर महानगरपालिकामा केही भागमा आकाशे पानीको भरमा समेत रोपाइँ हुँदै आएको छ । नारायणी लिफ्टबाट पानी छाडिएपनि सबै क्षेत्रमा पुग्न नसकेको कार्यालयको भनाई छ ।
    पूर्वि चितवनमा सिँचाइको राम्रो व्यवस्था छ । यहाँ चैते धान समेत रोप्ने गरिन्छ । पश्चिम चितवनमा नजिकै नारायणी बगे पनि गण्डक सम्झौताका कारण त्यहाँका स्थानीय जनताले मोटर समेत लगाएर पानी तान्न पाउँदैनन् ।

    राप्ती नगरपालिकामा सत प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको पौडेलले जानकारी दिईन् । राप्तीमा ३ हजार १६० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । यस्तै खैरहनी नगरपालिकामा ९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको छ । यहाँ ३ हजार ५५८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको छ । पूर्वि चितवनको रत्ननगर नगरपालिकामा ९८ प्रतिशत, कालिका नगरपालिकामा ९४ प्रतिशत, माडी नगरपालिकामा ९२ प्रतिशत र इच्छाकामना गाउँपालिकामा ९५ प्रतिशत क्षेत्रफल रोपाइँ भइसकेको कृषि विकास कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ । रत्ननगर, कालिका, माडी र इच्छाकामनामा क्रमशः ३ हजार ३ सय, २ हजार ४७५, ४ हजार ८२० र १९४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गर्दछ ।

    चितवनमा २७ हजार २ सय ७ हेक्टर क्षेत्रफलमा बर्षे धान रोप्ने गरिन्छ । चितवनमा एक साताभित्र रोपाइँ सकिने अनुमान सूचना अधिकारी पौडेलको छ । ‘ढिलो रोपाइँ हुने मकवानपुरको राक्सिराङ गाउँपालिकामामा साउन २० गतेसम्म सकिने अनुमान गरिएको छ । पालिकाका कृषि प्राविधिकले दिएको सूचनालाई आधार मान्दा एक साताभित्र चितवनमा रोपाइँ सकिन्छ’–उनले भनिन ।

    पश्चिम चितवनमा पूर्वी चितवनको खगेरी सिचाइँको नहर र नारायणगढ बसपार्क नजिकको नारायणी लिफ्ट आयोजनाको नहरको पानी रोपाइँको लागि प्रयोग गर्ने गरिन्छ । यी नहर छाडिएको छ । तर चर्को खडेरी परेका कारण पुरै क्षेत्रमा पुग्न सकेको छैन । कृषि कार्यालय चितवनको गत वर्षको रिपोर्ट अनुसार चितवनमा ४२ हजार ५५० हेक्टर क्षेत्रफलमा खेती योग्य जमिन छ । त्यसमध्ये ६१ दशमलव ८ प्रतिशत क्षेत्रफलमा सिँचाइँ पुगेका छ ।

    सोमबार, साउन १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.