काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य रु २ लाख ५२ हजार २०० कायम भएको छ । शुक्रबारको तुलनामा प्रतितोला २०० रुपैयाँ घटेको हो । शुक्रबार सुनको मूल्य प्रतितोला रु २ लाख ५२ हजार ४०० निर्धारण भएको थियो ।
यस्तै चाँदी आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा ३ हजार ५५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार बढेर ३ हजार ६०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




