काठमाडौं । इचंगुनारायण जग्गा एकीकरण आयोजना उपभोक्ता समितिको निर्वाचनबाट युवा उद्दमी भरत रेग्मी अध्यक्षमा निर्वाचित भएका छन् । रेग्मीले ४१८ मत ल्याउँदा निकटतम गोपाल बहादुर भन्डारीले १४९ मत ल्याएका थिए ।
यसैगरी उपाध्यक्षमा शंकर लामिछाने, कमला पाण्डे, सचिवमा मनोहर बन्जारा, सह सचिवमा सीतामाया पौडेल, कोषाध्यक्षमा बाबुराम छत्कुली निर्वाचित भएका छन् । ११ जना सदस्यहरू यसअघि नै निर्विरोध भईसकेका थिए ।
त्यसैगरी, सदस्यहरुमा चेतप्रसाद भट्टराई, भोजबहादुर मल्ल, महेन्द्रप्रसाद न्यौपाने, बि माया गुरुङ, शर्मिला अधिकारी, सबिता भुसाल, संगीता रेग्मी (न्यौपाने), सुशीला दवाडी (अधिकारी), सीताराम श्रेष्ठ, हर्कमान श्रेष्ठ र हरिराम ढकाल निर्विरोध निर्वाचित भएका छन् ।






