काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रिया अघि बढाउन भैरहवा जाँदैछन् ।
नख्खु कारागार प्रशासनले उनलाई आज बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याएको हो । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले उनलाइ बिहीबार रिहा गर्न आदेश दिएसँगै कानुनी प्रक्रिया पुरा गर्न उनलाई भैरहवा लैजान लागिएको हो । रुपन्देही जिल्ला अदालतमा पुगेर उनले छुटपुर्जीका लागि आवश्यक कागजात लिनुपर्नेछ ।
बिहान ७ः५५ बजे भैरहवा जाने उडान तय भए पनि विमानस्थल आसपास हुस्सु लागेका कारण उडान केही समय ढिला भएको छ । यसैबीच, रास्वपाका कार्यकर्ता विमानस्थल वरिपरि भेला भइसकेका छन् ।
उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले लामिछानेले पेस गरेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी स्वीकार गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो ।




