काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनका लागि मनोनयन दर्ता समय सकिएको छ।
मनोनयन दर्ताको समय सकिँदासम्म सभापतिमा अहिलेका महामन्त्री गगनकुमार थापाको मात्रै सभापतिमा थापाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन् ।
सभापतिपछि शक्तिशाली मानिने महामन्त्री पदका लागि चारजनाको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारहरू विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, उदयशमशेर जबरा, र जगदीशनरसिंह केसी रहेका छन् ।




