काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन्। काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार शाहले आइतबार उपमेयर सुनिता डंगोललाई आफ्नो राजीनामा बुझाएका हुन्।
साढे तीन वर्षसम्म काठमाडौँ महानगरपालिकाको नेतृत्व गरेका शाह अब संसदीय राजनीतिमा यात्रा सुरु गर्ने तयारीमा जुटेका छन्। उनी झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।
शाह आइतबार रास्वपा कार्यालय पुगेका छन् । रास्वपाले बालेनलाई आगामी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।




