भक्तपुर । भक्तपुर–२ मा नेकपा एमालेका महेश बस्नेतविरुद्ध रास्वपाले राजीव खत्रीलाई उम्मेदवार बनाएको छ।
खत्री पहिले काठमाडौं–१० बाट उठ्ने तयारीमा थिए, तर पार्टी सभापति रवि लामिछाने र बालेन्द्र शाहसँगको छलफलपछि भक्तपुर–२ बाट उम्मेदवारी दिने निर्णय भएको हो।
सामाजिक सञ्जालमा बस्नेत र खत्रीबीच लामो समयदेखि वाकयुद्ध चलेको छ।




