काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।
हाल तराई भू-भागका केही स्थानहरूमा तथा ऊपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ। कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।
आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।




