चितवन । नेपाल कम्युनिष्ट पार्टी माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकको गलत प्रचार गरेर केपी ओलीले गलत प्रचार गरेको बताएका छन । । आज भरतपुर विमानास्थलमा पत्रकारसंँगै कुरा गर्दै उनले यो विधेयक कुनै पनि हालतमा राष्ट्रघाती निर्णय नभएको दाबी गरे ।
‘आमाबाबु दुवै नेपाली नागिरक भएका छोराछोरीले मात्र नागरिकता पाउने यो विधेयकको सारतत्व हो मात्र विधेयक हो, उनले भने, यसलाई गलत ढंगले, गलत उद्धेश्यले प्रचार गरिएको छ ।’
यो विधेयक राष्ट्रिय सभामा रहेको र पुनः राष्ट्रपति समक्ष जाने पनि उनले बताए ।
आमाबाबु नभएका ७ लाख को हाराहारीमा नागरिकता नपाएको र सबै अवसरबाट उनीहरु वञ्चित भएकोले यसलाई निकास दिन पनि यो विधेयक पास गर्नु परेको उनको भनाई थियो । यो विधेयक केपी ओली सरकारकै पालामा अध्यादेशमा लगिएको भन्दै उनले अहिले राष्ट्रघाती भन्नु पाखण्डीको संज्ञाा दिए । ‘यही विधेयक हो जो अध्यादेशको रुपमा केपी ओलीले लगेका थिए , उनले भने, अहिले यही विधेयक संसदमा ल्याउंँदा राष्ट्राघाती भन्नु वेइमानी, पाखण्डी र अनैतिकता बाहेक केही होइन ।’
केपी ओली र आफू अध्यक्ष भएको संयुक्त सरकारको पालामा सातबर्षे वैवाहिक अंगिकृतका राज्य व्यवस्थाको प्रस्ताव सदनमा लैजान ओलीले नमानेको तर अहिले राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ भनेर भ्रमको खेती गरेको समेत उनको आरोप थियो ।
नागरिकता विधेयकको गलत प्रचार गरेर केपी ओलीले भोट र भ्रमको खेती गरे : प्रचण्ड
नागरिकता विधेयकको गलत प्रचार गरेर केपी ओलीले भोट र भ्रमको खेती गरे : प्रचण्ड
तपाईको प्रतिक्रिया




