• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

नयाँ पुस्ताको भरोसा, परिवर्तन बुझ्ने अनुभवी नेता टेकप्रसाद गुरुङ : एक राजनीतिक प्रोफाइल


  •   बिहिबार, माघ २९, २०८२ मा प्रकाशित
  • काठमाडौं, माघ २९ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकप्रसाद गुरुङ पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा निष्ठा, संघर्ष र संगठनको पर्याय बनेका नाम हुन्।

    Advertisement

    पञ्चायतकालीन दमनदेखि २०६२/६३ को जनआन्दोलन, संविधान निर्माणदेखि हालै देखिएको जेन्जी आन्दोलनसम्म उहाँको राजनीतिक जीवन सधैँ समयको आवाजसँग जोडिएको छ। अनुभवले परिपक्व र परिवर्तनप्रति खुला सोच भएका गुरुङ आज पनि नयाँ पुस्ताको असन्तोष, प्रश्न र अपेक्षालाई गम्भीरतापूर्वक सुन्ने नेताको रूपमा चिनिनुहुन्छ।

    पारिवारिक पृष्ठभूमि
    २००४ सालमा स्याङ्जा जिल्लाको ढापुक सिमलभन्ज्याङमा जन्मिनुभएका टेकप्रसाद गुरुङ राष्ट्रसेवाको परम्पराबाट आएका परिवारका सन्तान हुनुहुन्छ। उहाँका हजुरबुवा इन्डियन आर्मीका क्याप्टेन र बुवा पनि इन्डियन आर्मीमै कार्यरत हुनुहुन्थ्यो। गुरुङ समुदायमा जन्मिनु भएका उहाँ साधारण तर अनुशासित परिवारमा हुर्कनुभयो । २०१७ सालमा वैवाहिक जीवनमा बाँधिनुभएका उहाँका तीन छोरा र दुई छोरी हुनुहुन्छ ।

    बाल्यकाल र प्रारम्भिक जीवन
    जन्मेको दुई वर्षमै बुवासँग भारतको ब्यारेकपुर पुग्नुभएका गुरुङले त्यहीँ कक्षा चारसम्म अध्ययन गर्नुभयो। २०१२ सालमा नेपाल फर्किएपछि स्याङ्जा हुँदै बुवाको अवकासपछि २०१७ सालमा हालको शारदानगर, चितवन बसाइ सर्नुभयो। बाल्यकालदेखि नै निर्भीक, हक्की स्वभाव र खेलकुदप्रेमी उहाँको घर कांग्रेसका गतिविधिको केन्द्रजस्तै थियो, जहाँ राजनीतिक छलफल र संगठन निर्माणका काम हुने गर्थे ।

    शिक्षा
    २०२२ सालमा शारदानगर स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौं जानुभएका गुरुङले आई.एलको. अध्ययन सुरु गर्नुभयो। तर बुवाको असामयिक निधनले पारिवारिक जिम्मेवारी काँधमा आइपरेपछि औपचारिक शिक्षा बीचमै रोकियो। यद्यपि व्यवहारिक ज्ञान, राजनीतिक चेतना र संगठनात्मक क्षमतामा उहाँ कहिल्यै पछि पर्नुभएन।

    राजनीतिक यात्राको सुरुवात
    कांग्रेस पृष्ठभूमिमा हुर्कनुभएका गुरुङलाई २०१५ सालकै निर्वाचनको स्मृति आज पनि ताजा छ, जब उहाँ बालक उमेरमै झण्डा बोकेर ‘रुखमा भोट हालौँ’ भन्दै गीत गाउँदै हिँड्नुहुन्थ्यो। २०१८ सालको सैन्य दमन, धरपकड र निर्दोष नागरिकको हत्या उहाँले नजिकबाट देख्नुभयो। ती घटनाले उहाँ डराउनु भएन, बरु प्रजातन्त्रप्रतिको प्रतिबद्धता अझ दृढ बनायो।

    पञ्चायत विरुद्धको संघर्ष र नेतृत्व
    विद्यालयमा अध्यापन गरिसकेपछि उहाँ वडा अध्यक्ष हुँदै २०२९ सालमा गाउँ पञ्चायत अध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो। २०३५ सालमा शिवनगर ,पार्बतीपुर र शारदानगरको यौटा वार्ड गाभिएपछि प्रधानपञ्च र त्यसै वर्ष जिल्ला विकास समिति सभापति बन्नुभयो। २०३६ सालको जनमतसंग्रहमा कांग्रेस पक्षमा खुलेर वकालत गरेकै कारण २०३७ सालमा पञ्चायत सरकारले उहाँलाई पदबाट निलम्बन गर्यो। सत्ता गयो, तर विचार र साहस कहिल्यै डगमगाएन ।

    कांग्रेस संगठन निर्माणमा भूमिका
    २०३९ र २०४३ सालमा जिल्ला सभापति निर्वाचित हुँदै उहाँ पाँच पटकसम्म चितवन कांग्रेसको नेतृत्वमा रहनुभयो। कांग्रेसको ८औं देखि १४औं महाधिवेशन सम्म निरन्तर महासमिति सदस्य र १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यसम्म पुग्दा पनि उहाँको पहिचान सधैँ संगठन निर्माणमा खटिने नेताकै रूपमा रह्यो।

    शीर्ष नेतृत्वसंग निकटता
    बीपी कोइरालालाई २०१६ सालमै देख्नुभएको र २०३२ सालमा प्रत्यक्ष भेट गर्नुभएको गुरुङ जमानसिंह गुरुङमार्फत बीपी, किसुनजी र गिरिजाप्रसाद कोइरालासँग नजिक रहेर काम गर्नुभयो। यही संगतले उहाँलाई सैद्धान्तिक रूपमा दृढ र व्यवहारिक रूपमा सन्तुलित नेता बनायो।

    पदभन्दा पार्टी र सिद्धान्त
    २०६२/६३ को जनआन्दोलनमा काठमाडौंको गंगबु क्षेत्रमा नेतृत्व गर्दै प्रहरीको कुटपिटबाट घाइते हुनु, ४९ दिन जेल जीवन बिताउनु र फेरि आन्दोलनमै फर्किनु उहाँका लागि राजनीतिक जिम्मेवारीका स्वाभाविक अध्याय थिए। २०७० सालमा संविधानसभा चुनावमा उम्मेदवारीको प्रस्ताव आए पनि पार्टी हितका लागि पछि हट्नु र मन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्नुले उहाँको राजनीतिक नैतिकता स्पष्ट देखाउँछ।

    गगन थापासहित नयाँ पुस्ताको भरोसा
    हालैको जेन्जी आन्दोलनलाई गुरुङ असन्तोषको अभिव्यक्ति मात्र होइन, प्रणाली सुधारको चेतावनीका रूपमा हेर्नुहुन्छ। कांग्रेस अब इतिहासको गौरवमा होइन, युवाको भरोसामा टिक्नुपर्छ भन्ने उहाँको धारणा छ। पार्टीमा कम्तीमा ५० प्रतिशत जेनेरेशन–नेक्स्टको सहभागिता हुनुपर्ने अडानकै कारण उहाँ गगन थापालगायत नयाँ पुस्ताका नेताबीच विश्वासको पात्र बन्नुभएको छ।

    चितवन–३ का प्रमुख मुद्दा र विकास पहल
    माडीलाई ‘प्राकृतिक जेल’बाट मुक्त गर्न राप्ती पुल निर्माणमा निर्णायक पहल, गर्दी–ठोरी सडक स्तरोन्नति र चेपाङ समुदायलाई नागरिक अधिकार तथा निःशुल्क शिक्षाको व्यवस्था गर्नु उहाँका महत्वपूर्ण योगदान हुन्। यी कामले उहाँलाई विकासलाई व्यवहारमा उतार्ने नेता बनाएको छ।

    राजनीतिक जीवनका चुनौती र विश्वास
    पाँच दशकको यात्रामा हार, अपमान र उपेक्षा धेरै आए। तर उहाँ कहिल्यै थाक्नुभएन। “कांग्रेसको एक मत पनि खेर गएन भने म जित्छु” भन्ने आत्मविश्वास लोभ–लाभबाट टाढा बसेको जीवनशैली र निष्ठाबाट आएको हो।

    पारिवारिक साथ र व्यक्तिगत पीडा
    राजनीतिक यात्रामा श्रीमतीको निरन्तर सहयोग उहाँको शक्ति थियो। श्रीमतीको निधन उहाँको जीवनको सबैभन्दा ठूलो पीडा बने पनि पार्टी र जनताले देखाएको विश्वास उहाँका लागि सबैभन्दा ठूलो सन्तोष हो।

    टेकप्रसाद गुरुङ पदका लागि होइन, पुस्ताबीच सेतु बन्न उम्मेदवार हुनुहुन्छ। अनुभव, इमान्दारिता र परिवर्तनप्रतिको खुला सोचका कारण उहाँ आज चितवन–३ का लागि भूत, वर्तमान र भविष्यलाई जोड्ने भरोसायोग्य नेतृत्वका रूपमा उभिनु भएको छ।

    • नेपाली कांग्रेस
    बिहिबार, माघ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
    संसद्का बैठक जारी: विभिन्न विधेयक र कार्यसूचीमाथि छलफल हुँदै (LIVE)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.