काठमाडौं, फागुन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आन्तरिक विवाद चुलिएसँगै मधेस प्रदेशकी संस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य ममता शर्माले पार्टी परित्याग गरेकी छन्।
शर्माले नेतृत्वमाथि इमानदार कार्यकर्ताको अवमूल्यन गरेको र पार्टीका मुख्य निर्णयहरू आर्थिक लेनदेन र वित्तीय अनियमितताबाट प्रभावित हुने गरेको गम्भीर आरोप लगाएकी छन्।
पार्टीको पछिल्लो कार्यशैलीले आफ्नो आत्मसम्मान र राजनीतिक सिद्धान्तमा चोट पुर्याएको उल्लेख गर्दै उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन्। वैकल्पिक राजनीतिको नारा लिएर उदाएको रास्वपाभित्र पछिल्लो समय संस्थागत पद्धतिभन्दा
व्यक्तिगत स्वार्थ र अपारदर्शी कार्यशैली हाबी भएको उनको ठहर छ। मधेस प्रदेशमा पार्टीको संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकी शर्माको बहिर्गमनलाई रास्वपाका लागि एक ठूलो राजनीतिक धक्काका रूपमा हेरिएको छ।




