ललितपुर, चैत्र ८ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा आइतबार बिहान काम गर्ने क्रममा अचानक पर्खाल भत्किएर दुर्घटना भएको छ ।
दुर्घटनामा परी रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको छ भने अन्य चार जना महिला कामदारहरू घाइते भएका छन् । घाइतेमध्ये रुकुमकी २७ वर्षीया जानकी चन्दको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि मोडल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूमा सल्यानकी शान्ति कुँवर, रोल्पाकी नन्दकुमारी मगर र दाङकी सुमा कुमाल रहेका छन् ।
अहिले प्रहरी वृत्त सातदोबाटोको टोलीले घटनास्थलमा पुगेर उद्धार र घटनाको थप अनुसन्धान गरिरहेको छ ।




