• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. संघीय संसद्को बैठक बस्दै

असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री


  •   बुधबार, चैत ११, २०८२ मा प्रकाशित
  • काठमाडौं, चैत ११ । प्रधानमन्त्री सुशिला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ ।

    Advertisement

    बुधवार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । वर्तमान सरकारले जेन–जी आन्दोनलपछिको असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउन सफल भएको बताउनु भयो । उहाँकाअनुसार निर्वाचन गराउने कार्य चुनौतिपूर्ण थियो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले तोकिदिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरेर संवैधानिक प्रणालीको सुदृढीकरण गरेको दाबी गर्नुभयो ।

    उहाँकाअनुसार निर्वाचनले देशमा लोकतान्त्रिक मूल्य–मान्यता बलियो बनाउँदै नयाँ राजनीतिक अध्यायको ढोका खोलेको छ । निर्वाचनमार्फत मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएको उहाँको भनाई छ । सरकार गठनको समयको चुनौतीपूर्ण अवस्थालाई स्मरण गर्दै उहाँले देशको सुरक्षा अवस्था अत्यन्त संवेदनशील रहेको र राजनीतिक दलहरूबीच संवादहीनता रहेको बेलामा आफूले सरकारको नेतृत्व गरेको उल्लेख गर्नुभयो । कानूनी–राजनीतिक शुन्यता सिर्जना भएको अवस्थामा ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने कार्य सहज नभएको उहाँको भनाइ छ । उहाँले सरकारले निर्वाचन सम्पन्न गराउन सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा निर्वाचन आयोगको कार्यले सफलता हासिल गरेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘जेन–जी आन्दोलनपछिको असामान्य अवस्थालाई सामान्यकरण गर्दै तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धी हो । निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य मान्यता सुदृढ बनाउन नयाँ अध्यायको ढोका खोलेको छ । यस निर्वाचनमार्फत आम मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा प्रष्ट जनादेश दिनुभएको छ । वर्तमान सरकार गठन हुँदा पाएको जिम्मेवारी निर्वाचन सम्पन्न गराउनु थियो तर हामीले जिम्मेवारी लिँदा देशको सुरक्षा अवस्था संवेदनशील थियो । सुरक्षाकर्मीका हतियार खोजिएका थिए, राजनीतिक दलहरु बीच संवादहीनता थियो । समग्रमा एकप्रकारको कानूनी राजनीतिक शुन्यता थियो । यी सबै परिदृश्यका बीच ६ महिनाभित्र निर्वाचन सम्पन्न गरेर देशलाई संविधान र लोकतन्त्रको मार्ग ल्याउने प्रतिवद्धताका हामीले जिम्मेवारी लिएका थियौँ, जुन सहज कार्य थिएन । तर सरकारले सम्पूर्ण शक्ति, स्रोत र प्रतिवद्धता यस कार्यमा समर्पित गर्यो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको कुशल नेतृत्वमा निर्वाचन आयोगले प्रष्ट कार्ययोजना, व्यवसायिक दक्षता र दृढ विश्वासले सफलता पाएको छ, यो कति चुनौतीपूर्ण थियो भन्ने हामीलाई राम्रो ज्ञान छ ।’

    प्रधानमन्त्री कार्कीले यसपटकको निर्वाचनले सुरक्षा, स्वच्छता, मितव्ययिता र समयपालनामा नयाँ मानक स्थापित गरेको बताउनु भयो । उहाँले निर्वाचन घोषणापछि समेत मतदाता नामावली संकलन गरी ठूलो संख्यामा युवा मतदातालाई समेटिएको जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्र प्रणालीसँग तथ्यांक अन्तरआवद्धता गरी मतदाता प्रक्रियालाई सहज बनाइएको उहाँको भनाइ छ । उहाँले निर्वाचनमा मौज्दात सामग्रीको पुनःप्रयोग, सकेसम्म स्वदेशी सामग्रीको प्रयोग र सरकारी संयन्त्रमार्फत पारदर्शी खरिद प्रक्रियाले खर्च नियन्त्रणमा ऐतिहासिक उदाहरण प्रश्तुत गरेको दाबी गर्नुभयो । आगामी सरकारले पनि यस कार्यलाई अनुशरण गर्ने उहाँको विश्वास छ । उहाँले आचारसंहिताको कडा निगरानी तथा सुदृढ सुरक्षा व्यवस्थाका कारण कुनैपनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नआएको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘यसपाली हामीले केवल एक थान निर्वाचन मात्रै गराएका छैनौँ, सुरक्षा स्वच्छता, मितव्ययिता र समयको पालनामा एउटा मानक नै स्थापना गर्न सफल भएका छौँ । विशेष परिस्थितिमा सम्पन्न यो निर्वाचनले थुप्रै नविन र सकरात्मक अभ्यासहरु स्थापित गरेको छ । निर्वाचन घोषणापश्चात पनि मतदाता नामावली संकलन गरि ठूलो संख्यामा युवा मतदातालाई समेट्न सफल भयौँ, राष्ट्रिय परिचयपत्रको तथ्याङ्क प्रणाली अन्तरआवद्धता गरि मतदाता प्रक्रियालाई सहज बनायाँै । मौज्दातमा रहेका सामग्रीको पुनःप्रयोग गर्यौ, उपलब्ध भएसम्म सबै स्वदेशी सामाग्री उपयोग गर्यो । आयोगले सरकारी निकायमार्फत आवश्यक सामग्री खरिद गरेको पाइयो । तसर्थ मितव्ययितामा पनि ऐतिहासिक नजिर कायम गर्न सफल भएका छौँ । निर्वाचन खर्चको लागि अलग्गै खाता सञ्चालन, निर्वाचन आचारसंहिता उल्लङ्घन हुन नदिन आयोगले कडा निगरानी गर्यो । सुरक्षा व्यवस्था कडाई गरेर कुनैपनि मतदानस्थलमा फेरि मतदान गर्ने अवस्था आउन दिएनौ ।’

    उहाँले निर्वाचनको लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदाय, सुरक्षाकर्मी, निर्वाचन आयोग लगायत सबैलाई धन्यावाद दिनुभयो । निर्वाचनले नेपालको लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुत बनाएको उल्लेख गर्नुभयो ।

    – न्युज एजेन्सी नेपाल

    बुधबार, चैत ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
    संसद्का बैठक जारी: विभिन्न विधेयक र कार्यसूचीमाथि छलफल हुँदै (LIVE)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.