काठमाडौं, चैत्र १५ । जिल्ला अदालत काठमाडौँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश दिएको हो।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको अनुसन्धानका लागि गठित आयोगले दुवै नेतामाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८१ (ज्यान मार्ने उद्योग) र दफा १८२ (कर्तव्य ज्यान) अनुसार अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रहरीले म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाएको हो।




