काठमाडौं, चैत १६ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । बैठक आज अपराह्न ४ बजे बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
मन्त्रिपरिषद् बैठकमा यसै सन्दर्भसहित सरकारका अन्य नियमित कामकारबाहीका विषयमा पनि छलफल हुने बताइएको छ।
सरकारले यसअघि १०० दिने कार्यसूची सार्वजनिक गरिसकेको छ। हाल त्यसलाई कार्यान्वयन गर्ने तयारी भइरहेको छ। सो कार्यसूचीलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा पनि बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।




