• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ७. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीको चरणमैः सिईओ जोशी


  •   बुधबार, चैत २५, २०८२ मा प्रकाशित
  • काठमाडौं, चैत्र २५ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले कोभिड–१९ को महामारीपछि विश्व पर्यटन क्षेत्र पूर्णरूपमा पुनःस्थापित भइसक्दा पनि नेपाल अझै रिकभरीको चरणमै रहेको बताएका छन् ।

    Advertisement

    उनकाअनुसार सन् २०२५ मा विश्व पर्यटन कोभिड अघिको अवस्था भन्दा करिव ४ प्रतिशतले वृद्धि भइसकेको छ । तर नेपाल भने अझै २ प्रतिशतले पछाडि रहेको छ । उनले सन् २०२६ मा पनि नेपालले पूर्ण रिकभरी गर्न नसक्ने अवस्थामा आईपुगेको उल्लेख गरे । उनका अनुसार नेपालले पनि २०२५ मा १५ प्रतिशतसम्म पर्यटक आगमन वृद्धि हुने अपेक्षा गरेको थियो । सोहीअनुसार पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका कार्यक्रम पनि सञ्चालन गरेको थियो । तर ‘जेन–जी मुभमेण्ट’ र दशैं–तिहारको समयमा भएका प्राकृतिक विपद् (बाढी–पहिरो) र त्यसका कारण सडक अवरोध तथा उडान रद्ध हुँदा पर्यटन क्षेत्रमा असर परेको उनले बताए ।

    पर्यटन आगमनले कमजोर देखिएपनि यस क्षेत्रको लगानीमा भने उल्लेखनीय प्रगति भएको उनकाे भनाइ छ । विशेषगरी कोभिडपछि होटल तथा रिसोर्ट क्षेत्रमा ठूलो लगानी भित्रिएको छ । उनकाअनुसार कोभिडअघि करिव १०–१२ वटा मात्रै पाँचतारे होटल रहेकोमा हाल १५ भन्दा बढी सञ्चालनमा आएका छन् । साथै अन्तर्राष्ट्रिय चेन होटल र लक्जरी सेग्मेन्टमा समेत विस्तार भएको उहाँले जानकारी दिए। जेन–जी आन्दोलनले पर्यटन क्षेत्रमा दीर्घकालीन नकारात्मक असर भने नपारेको उनले बताए  । सुशासनको लागी भएको आन्दोलन भन्ने सन्देश गएकोले पर्यटन छिट्टै लयमा फर्किएको उनकाे भनाइ छ ।

    मध्यपूर्वको तनावले नेपालको पर्यटन क्षेत्रमा नयाँ चुनौती  
    उहाँले पर्यटनको लागि सन् २०२६ को शुरुवात सकारात्मक देखिएपनि नयाँ चुनौतीहरू थपिएको बताउनु भयो । मध्येपुर्वमा देखिएको तनावको कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो चुनौती खडा भएको उनकाे भनाइ छ । उनकाअनुसार जनवरीमा १५ दशमलब ७ प्रतिशत र फेब्रुअरीमा ८ प्रतिशतले पयर्टन आगमनमा वृद्धि भएको थियो । तर मार्चमा मध्यपूर्व संकटका कारण भएको हवाई मार्ग अवरोध र इन्धन संकटले पर्यटन आगमनमा कमी आएको छ । ईन्धनमा देखिएको अवरोधले सेवा समेत महँगो हुँदै जाने उल्लेख गर्दै उनले यो अवस्था लम्बिएमा यातायात, होटल र रेष्टुरेण्ट सेवामा समेत मूल्यवृद्धि हुने बताए । मूल्यवृद्धिको प्रत्यक्ष असर पर्यटकमा पनि पर्ने उनकाे भनाइ छ ।

    जोशीले नेपालमा पर्यटन बढाउनको लागि व्यवस्थापकीय सुधार अति आवश्यक रहेको बताए। साना तर महत्वपूर्ण व्यवस्थापकीय कमजोरीले नेपालको छवि धुमिल भएको उनको भनाइ छ । नेपाल राम्रो देश र राम्रो मानिस भएको ठाउँ भएपनि व्यवस्थापनमा कमजोर छ भन्ने सन्देश गएको उनले बताए । पर्यटन क्षेत्रसँग सम्बन्धित पूर्वाधार, अध्यागमन सेवा, संरक्षित क्षेत्र व्यवस्थापन र आन्तरिक उडान ढिलाइ जस्ता समस्याहरू समाधान गर्नुपर्नेमा उनले जाेड दिए। पर्यटकलाई अनावश्यक रूपमा यात्रा लम्ब्याउनुपर्ने अवस्था आउनु नकारात्मक हुने उनको भनाइ छ ।

    नयाँ पर्यटकीय क्षेत्रको ब्राण्डिङ र प्याकेजिङमा ध्यान दिनुपर्छ
    नेपालले आफ्नो पर्यटन क्षेत्र उत्पादनको पहिचान र नयाँ प्याकेजिङमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको जोशीले बताए । हाल परम्परागत गन्तव्यहरू काठमाडौं, पोखरा र चितवनलाई नै सिमित गरेर पर्यटन प्रवद्र्धनको काम भईरहेको उनकाे भनाइ छ । उनले यसलाई विविधिकरण गर्नुपर्ने बताए ।उनले नेपालमा अध्याधिक सामुदायिक वन रहेको उल्लेख गर्दै उहाँले हति पर्यटनमा जोड दिनुपर्ने बताए ।

    वनमा चराचुरुङ्गी अवलोकन तथा नदीमा एङ्गलिङ जस्ता नयाँ सम्भावनाहरू रहेको उनको भनाइ छ । उनले हालै सेती नदीमा हालै एङ्गलिङ गरिएको जानकारी दिए। नेपालको सेती नदीमा १ सय भन्दा बढी ‘गोल्डेन महासिर’ रहेको उनकाे भनाइ छ । उनले यस्ता अद्वितीय र दिगो पर्यटन उत्पादनको पहिचान र प्रवद्र्धन गर्नसके नेपालका लागि नयाँ अवसर सिर्जना हुन सक्ने बताए ।

    उनले पर्यटकलाई दुःख दिने काम पनि गर्न नुहने बताए । पोखरामा पर्यटक बसिरहेको बेला होटलमा डोजर चलाएको प्रसंग उल्लेख गर्दै उनले त्यस्ता विषयमा पर्यटकहरुलाई अग्रिम सूचना दिनुपर्ने बताए । उनले पर्यटकहरुलाई सहजताको लागि पर्यटन बोर्डले ‘क्राइसिस कोअर्डिनेसन सेल’ स्थापना गरेको पनि जानकारी दिए। हड्ताल, कफ्र्यु वा सडक अवरोधका बेला विमानस्थलदेखि होटलसम्म शटल बस सञ्चालन गर्ने तथा प्राकृतिक विपद्का समयमा स्थानीय सरकार, जिल्ला प्रशासन, पर्यटन प्रहरी र निजी क्षेत्रसँग सहकार्य गरी उद्धार तथा समन्वय गर्ने व्यवस्था गरिएको उनले बताए । उनले पर्यटन बोर्डले चाहेर पनि धेरै काम बजेट र जनशक्ति अभावका कारण गर्न नसकेको बताए । केही नितिगत कारण पनि समस्या भईरहेको उनकाे भनाइ छ ।

    बुधबार, चैत २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.