चितवन । नारायणी नदीमा हामफालेका एक पुरुषको सकुशल उद्धार गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ बैदिक टोलबस्ने बर्ष ४९ का बाबुराम आचार्यको उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय , चितवनका अनुसार आज दिउसो पौने २ बजे भरतपुर महानगरपालिका वडा नम्बर ३ पुलचोक स्थित नारायणी नदीको पुलबाट हाम फालेको भन्ने खबर प्राप्त हुना साथ वडा प्रहरी कार्यालय, नारायणगढबाट प्र.नि. को कमाण्डमा बिपद ब्यबस्थापन सहितको उद्दार टोली खटी गई सकुशल उद्दार गरिएको हो ।
उपचारको लागि उनलाई भरतपुर अस्पताल पठाइएको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।




