काठमाडौं, चैत २७ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार दिउँसो ३:०० बजे संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ। राष्ट्रपति कार्यालयका अनुसार, संवैधानिक व्यवस्था अनुरूप सम्बोधनका लागि संसद् सचिवालयलाई औपचारिक पत्र पठाइसकिएको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि राष्ट्रपतिले पहिलोपटक संसद्को अधिवेशनलाई सम्बोधन गर्न लाग्नुभएको हो। नेपालको संविधानमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्ने विशेष व्यवस्था रहेको छ। आजको सम्बोधनपश्चात् संसद्को चालू अधिवेशन समेत औपचारिक रूपमा अन्त्य हुने कार्यतालिका छ। यस्तै, संघीय संसद्को चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदैछ ।




