काठमाडौं, वैशाख २१ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा कार्यालयहरूमा छापा मारेको छ। अवैध सम्पत्ति आर्जन गरेको र सम्पत्ति लुकाएको आशंकामा विभागले उनीमाथि सोमबारबाट अनुसन्धान सुरु गरेको हो।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति, बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री रहेका बानियाँको काठमाडौँस्थित नक्साल र सुन्धारा कार्यालय तथा हेटौँडा–५ पिप्लेस्थित घर–कार्यालयमा एकैपटक छापा मारिएको प्रहरीले पुष्टि गरेको छ।




