काठमाडौं, वैशाख ३१ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ३,०२,५०० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि बुधबार यसको मूल्य ३,०२,२०० रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि प्रतितोला ३५ रुपैयाँको वृद्धि भई आज ५,७४५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४,७०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




