काठमाडौं, जेठ १७ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पश्चिमदेखि पूर्वसम्म फैलिएको न्यून चापीय रेखाको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने मधेश र अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ। यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ भने लुम्बिनीको तराई क्षेत्रमा हावाहुरी चल्ने आकलन गरिएको छ।
आज राति देशका हिमाली र पहाडी भेगमा आंशिकदेखि साधारणतया बादल लागे पनि तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ; यद्यपि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी थोरै स्थानहरूमा र कोशी-बागमतीका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने देखिन्छ।




