काठमाडौं, असार १ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत बजेटमाथि छलफल सुरु भएको छ। बैठकमा सभामुखले विषयगत समितिहरूमा सदस्य हेरफेरको प्रस्ताव राख्ने र सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। आज युवा तथा खेलकुद, श्रम, उद्योग, कृषि, वन र सञ्चार मन्त्रालयसहित ९ वटा मन्त्रालयको बजेट शीर्षकलाई समूहकृत गरेर छलफल गरिँदै छ।




