चितवन, असार १७ । मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक यातायात पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाएर दुवैतर्फको आवागमन सुचारु गरिएको हो । सडक खुले सँगै रोकिएका सवारीसाधनहरू आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन् ।
कार्यालयले लामो समय जाममा परेका सवारीसाधनका कारण सडकमा अस्तव्यस्तता हुन सक्ने भन्दै चालकहरूलाई आफ्नो लेन अनुशासन पूर्ण रूपमा पालना गर्न र धैर्यतापूर्वक सवारी चलाउन अनुरोध गरेको छ ।
तस्बिर: सडक सुपरभाइजर ईश्वर क्षेत्री (सडक डिभिजन भरतपुर)




