काठमाडौं, असार २४ । विशेष अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको माग र आग्रह बमोजिम अदालतले अनुसन्धानका लागि म्याद थप गरेको हो।
उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को कसुरमा अनुसन्धान भइरहेको विभागले जनाएको छ। विभागले उनलाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। पक्राउ परेलगत्तै उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको हो।
घटनाको अनुसन्धान अझै जारी रहेको र आवश्यक प्रमाण सङ्कलन तथा गहन सोधपुछका लागि अदालतबाट थप ५ दिनको म्याद प्राप्त भएको विभागले उल्लेख गरेको छ।




