• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रीन रन’, मानव सहायता कल्याण कोष स्थापना


  •   बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
  • काठमाडौं, साउन ६ । नेपाली कांग्रेसले संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गर्दै मानव सहायता कल्याण कोष स्थापना गर्ने घोषणा गरेको छ।

    Advertisement

    ललितपुरस्थित युएन पार्कबाट सुरु भएको पाँच किलोमिटरको दौड प्रतियोगितामा पुरुषतर्फ मुकेशबहादुर पाल प्रथम हुनुभएको छ। उहाँले निर्धारित दूरी १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा पूरा गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो।

    प्रतियोगितामा नरेन्द्रसिंह रावल दोस्रो हुँदै २५ हजार रुपैयाँ तथा सञ्जय श्रेष्ठ तेस्रो हुँदै २० हजार रुपैयाँ पुरस्कारबाट सम्मानित हुनुभयो। त्यसैगरी गणेश सिंह चौथो, अमृत ठकुरी पाँचौं र नागेश्वर अहिर छैटौं हुँदै क्रमशः १२ हजार, १० हजार र ८ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो।

    विजयी धावकहरूलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पुरस्कार वितरण गर्नुभएको थियो। प्रतियोगितामा करिब १ हजार ४ सय जनाले नाम दर्ता गराएका थिए। महिला प्रतियोगितातर्फ भने केही सहभागीले निर्धारित धावन मार्ग छोडेर दौडिएका कारण पुनः प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।

    ग्रीन रनमा सभापति थापासमेत प्रतिस्पर्धीका रूपमा सहभागी हुनुभएको थियो भने सयौं अन्य सहभागीले अप्रतियोगी रूपमा दौडमा सहभागिता जनाएका थिए।

    दौड प्रतियोगितापछि जावलाखेलमा जलवायु परिवर्तनसम्बन्धी विज्ञहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। पार्टीका उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तनका राष्ट्रिय प्राथमिकता, नीतिगत व्यवस्था, सचेतना र पूर्वतयारीका विषयमा छलफल भएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले ग्रीन रनको उद्देश्य जलवायु परिवर्तनबारे जनचेतना फैलाउनु मात्र नभई त्यसविरुद्ध सामूहिक संकल्प व्यक्त गर्नु पनि रहेको बताउनुभयो। उहाँले जलवायु परिवर्तनका विषयमा कांग्रेसले आगामी दिनमा थप व्यापक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो।

    सभापति थापाले बीपी कोइरालाले सात दशकअघि नै प्राकृतिक स्रोत–साधनको संरक्षण, दिगो विकास र समावेशी समाजको अवधारणा अघि सारेको स्मरण गर्दै ती मूल्य र आदर्शप्रति कांग्रेस पुनः प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

    कार्यक्रमका अवसरमा जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रतियोगिता आयोजना गर्नुका साथै सहभागीहरूलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको थियो। कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयबाट बिरुवा वितरण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    मानव सहायता कल्याण कोष स्थापना

    यसैबीच, नेपाली कांग्रेसले मानव सहायता कल्याण कोष स्थापना गर्ने घोषणा गरेको छ। सभापति थापाका अनुसार कोषमार्फत घरबारविहीन भएका एकल महिला तथा बालबालिकालाई सहयोग गरिनेछ।

    उहाँले हाल पार्टीका सदस्यहरूबाट सङ्कलन गरिएको १० लाख रुपैयाँ कोषमा जम्मा भइसकेको र आगामी दिनमा यसलाई थप विस्तार गर्दै लगिने जानकारी दिनुभयो।

    कोषको विस्तृत कार्ययोजना तथा पार्टीका आगामी राजनीतिक कार्यक्रमबारे बुधबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रममा सार्वजनिक गरिने कांग्रेसले जनाएको छ। सोही कार्यक्रममा बीपी स्मृति दिवसको विशेष समारोह, हाल सञ्चालन भइरहेको ‘जरा अभियान’को समापन तथा नयाँ अभियानहरूको घोषणा गरिनेछ।

    बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
    संसद्का बैठक जारी: विभिन्न विधेयक र कार्यसूचीमाथि छलफल हुँदै (LIVE)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.