काठमाडौं, साउन १२ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार निधन भएको हो। नेपाली कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले उनको निधनको पुष्टि गरेका छन्।
पार्टीको निर्णयअनुसार श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ भने त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।




