जनकपुर, साउन १४ । सुनसरीको देवागञ्ज गाउँपालिकामा भएको गोलीकाण्डको विरोधमा बिहीबार जनकपुरमा तनाव उत्पन्न भएको छ।
प्रदर्शनकारीहरूले रमानन्द चोक र पिडारी चोक लगायतका प्रमुख स्थानहरूमा टायर बालेर यातायात अवरुद्ध गरेका छन्, जसका कारण सहरका केही भागमा बजार तथा व्यापारिक गतिविधिहरू ठप्प भएका छन्।
सहरको मुख्य व्यापारीक क्षेत्रमा र्याली निकाल्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा स्थिति थप तनावपूर्ण बनेको छ। थप झडप र अशान्ति रोक्नका लागि अहिले प्रमुख चोकहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रशासन र सुरक्षा निकाय ‘हाई अलर्ट’मा रहेका छन् भने संवेदनशील क्षेत्रमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थानीयलाई अफवाहमा नलाग्न र शान्ति कायम राख्न प्रशासनले आग्रह गरेको छ।




