काठमाडौं, साउन २२ । बैंकमा खाता खोल्नकै लागि मात्रै शाखा धाउनुपर्ने वा लाइनमा बस्नुपर्ने झन्झट अब हट्ने भएको छ। प्रविधिको अधिकतम प्रयोग गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडले विशेष गरी युवा पुस्तालाई लक्षित गर्दै पूर्ण रूपमा डिजिटल माध्यमबाट सञ्चालन गर्न सकिने ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ ल्याएको छ।
राष्ट्रिय परिचय पत्र वा राहदानी मात्र छ भने पनि अब बैंकको शाखामा भौतिक रूपमा उपस्थित भइरहनु पर्दैन। घरमै बसीबसी केही मिनेटमै यो खाता खोलेर मोबाइल बैंकिङको सेवा लिन सकिने बैंकले जनाएको छ।
ग्लोबल नेक्स्ट जेन अकाउन्ट का प्रमुख विशेषताहरू:
शून्य मौज्दात : यस खातामा न्यूनतम मौज्दात शून्य राखिएको छ, जसले गर्दा ग्राहकलाई खातामा ब्यालेन्स कायम राख्नुपर्ने कुनैपनि किसिमको झन्झट हुँदैन।
तत्काल खाता सञ्चालन: अनलाइनमार्फत खाता खोल्नका लागि आवेदन दिएलगत्तै खाता सक्रिय हुनेछ र ग्राहकले तुरुन्तै कारोबार सुरु गर्न सक्नेछन्।
निःशुल्क मोबाइल बैंकिङ: घरमै बसेर मोबाइल बैंकिङ चलाउन सकिने यस सुविधा अन्तर्गत पहिलो वर्ष कुनै पनि सेवा शुल्क लाग्ने छैन।
आकर्षक ब्याजदर: यो बचत खातामा बैंकले ग्राहकहरूका लागि आकर्षक ब्याजदरको समेत व्यवस्था गरेको छ।
झन्झटमुक्त बैंकिङ सेवाको लाभ लिन, समयको बचत र डिजिटल बैंकिङको आधुनिक अनुभव चाहनेहरूका लागि ग्लोबल आइएमई बैंकको यो योजना निकै उपयोगी बन्ने विश्वास गरिएको छ।




