काठमाडौं, साउन २५ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भेटवार्ताका क्रममा नेपाल–भारतबीचको ऐतिहासिक एवं मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको थियो।
सो अवसरमा महामहिम राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै नेपाल र भारतबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ र प्रभावकारी बनाउँदै लैजान भारत प्रतिबद्ध रहेको बताउनुभयो।
प्रधानमन्त्री शाहले पनि नेपाल–भारतबीचको ऐतिहासिक, घनिष्ठ एवं बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पारस्परिक हित र साझा प्राथमिकताका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।




