चितवन, भदौ २६ । भरतपुर महानगरपालिका–१० स्थित बसन्त चोकमा ईभी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
चितवन प्रहरीले आगलागीमा मृत्यु हुने व्यक्ति नारायणी विद्या मन्दिर, शिवघाटका पूर्व सञ्चालक अमर पराजुली रहेको जनाएको छ।
मृतकका आफन्तका अनुसार पराजुली आज बिहान हेटौँडाबाट उक्त कार लिएर भरतपुरतर्फ आउँदै थिए। सोही क्रममा बसन्त चोकमा पुगेपछि कारमा अचानक आगलागी भएको बताइएको छ।
आगलागीको कारणबारे भने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।




