ताप्लेजुङ, असोज ८ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ।
प्रारम्भिक विवरणअनुसार आगलागीबाट हालसम्म करिब १० वटा घरमा क्षति पुगिसकेको छ। दिउँसो सुरु भएको आगो यो समाचार तयार पार्दासम्म नियन्त्रणमा आउन सकेको छैन।
घटनास्थलमा इलाका प्रहरी कार्यालय दोभानको टोली र स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिने तीव्र प्रयास गरिरहेका छन्।
विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि यसको आधिकारिक पुष्टि हुन बाँकी छ। आगलागीबाट भएको मानवीय तथा अन्य भौतिक क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




