• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

जापान टुरिजम एक्सपो २०२६: पर्यटन प्रवद्र्धनका लागि बोर्ड र निजी क्षेत्रको संयुक्त बजारीकरण


  •   बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
  • काठमाडौं, असोज ८ । जापानको टोकियोस्थित टोकियो बिग साइट अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बिहीबारदेखि चारदिने प्रतिष्ठित ‘जापान टुरिजम एक्सपो २०२६’ सुरु भएको छ । ‘भ्रमणको बदलिँदो स्वरूप’ भन्ने मूल नाराका साथ आयोजित एक्सपोमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका नौ वटा पर्यटन व्यवसायी कम्पनी तथा होटलको सहभागिता रहेको छ ।
    जापान ट्राभल एन्ड टुरिजम एसोसिएसन, जापान एसोसिएसन अफ ट्राभल एजेन्ट्स (जाटा) र जापान नेसनल टुरिजम अर्गनाइजेसन (जेएनटीओ) को संयुक्त आयोजनामा भएको एक्सपोको १२ औँ संस्करणको उद्घाटन समारोहमा जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गरेकी थिइन् ।
    यस वर्षको एक्सपोमा नेपालसहित विश्वका ७४ देश र जापानका ४६ प्रान्तबाट १ हजार ४२० कम्पनी तथा संस्थाका १ हजार ५५३ बुथ रहेका छन् । आयोजकका अनुसार चार दिनसम्म चल्ने एक्सपोमा करिब १ लाख ८० हजार पर्यटन व्यवसायी तथा पर्यटकहरु सहभागी हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय सहभागीका लागि मात्रै ५९७ वटा स्टल रहेका छन् ।
    जापानी पर्यटकका लागि नेपालका हिमाली गन्तव्य, बुद्धको जन्मस्थल लुम्बिनी, सांस्कृतिक सम्पदा, पदयात्रा तथा जैविक विविधता प्रमुख आकर्षणका रूपमा रहँदै आएका छन् । यही बजारलाई लक्षित गर्दै एक्सपोमा सहभागी नेपाली व्यवसायीहरूले जापानी पर्यटन व्यवसायी तथा उपभोक्तामाझ नेपालको पर्यटन उत्पादन र सेवाको प्रत्यक्ष बजारीकरण गरिरहेका छन् ।
    एक्सपोको पहिलो दुई दिन सेप्टेम्बर २४ र २५ मा व्यावसायिक सहकार्यका लागि पूर्वनिर्धारित ६ हजार ४५४ वटा बीटुबी बैठक आयोजना भइरहेका छन् । ती बैठकमा ८५५ क्रेता र १ हजार १९ विक्रेता सहभागी छन् । त्यस्तै, सेप्टेम्बर २६ र २७ मा सर्वसाधारणलाई लक्षित बीटुसी कार्यक्रम सञ्चालन हुनेछ ।

    Advertisement

    नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रदीप गैरेका अनुसार एक्सपोको पहिलो दिनदेखि नै सहभागी नेपाली पर्यटन कम्पनीहरूले जापानी ट्राभल एजेन्सी तथा व्यवसायीसँग व्यावसायिक भेटवार्ता गरिरहेका छन् । उनका अनुसार भेटवार्ताका क्रममा नेपाली व्यवसायीहरूले जापानी बजारका लागि पर्यटन प्याकेज, पदयात्रा तथा अन्य पर्यटकीय सेवाबारे छलफल गर्नुका साथै हालैको भोटेकोशी बाढीपछि नेपालको पर्यटन क्षेत्रको वास्तविक अवस्था, पर्यटकीय गन्तव्य तथा पदयात्रा मार्गहरूको अवस्था र पर्यटक सुरक्षाका विषयमा समेत जानकारी दिइरहेका छन् ।
    “जापानी पर्यटन व्यवसायीलाई नेपालको वर्तमान पर्यटन अवस्था र पर्यटकीय गन्तव्यहरू सुरक्षित तथा सञ्चालनमा रहेको विषयमा तथ्यगत जानकारी दिँदै बजारमा विश्वास अभिवृद्धि गर्ने प्रयास भइरहेको छ,” गैरेले भने । एक्सपोमा नेपाल पर्यटन बोर्डसँगै गोचाली टुर एन्ड ट्राभल्स, सुमेघ टुर्स एन्ड ट्राभल्स, हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्स्पेडिसन, लाङटाङ री ट्रेकिङ एन्ड एक्स्पेडिसन, घले ट्रेक्स एन्ड एक्स्पेडिसन, बुद्ध माया गार्डेन्स, रुपाकोट रिसोर्ट, छायाँदेवी कम्प्लेक्स (अलोफ्ट काठमाडौँ ठमेल) र गोरखा इन्टरनेसनल ट्राभल्स सहभागी छन् ।
    नेपाल पर्यटन बोर्डका अर्का वरिष्ठ अधिकृत युवराज गुरुङले नेपाल र जापानबीचको लामो समयदेखिको पर्यटन तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ गर्न एक्सपो महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च भएको बताए । हालैको प्राकृतिक विपद्पछि पनि अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको उपस्थिति निरन्तर कायम राख्नु आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपालको पर्यटन सञ्चालनमा रहेको र पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न सकिने बताएका हुन् ।
    चारदिने एक्सपो अवधिभर नेपालको स्टलमा आउने जापानी तथा अन्तर्राष्ट्रिय आगन्तुकलाई श्रव्य–दृश्य सामग्री, ब्रोसर तथा अन्य प्रवद्र्धनात्मक सामग्रीमार्फत नेपालका प्रमुख पर्यटकीय गन्तव्य, पर्यटन गतिविधि र सेवाबारे जानकारी प्रदान गरिनेछ । साथै, बीटुबी र बीटुसी दुवै माध्यमबाट जापानी बजारमा नेपालको पर्यटन उत्पादनको प्रत्यक्ष प्रवद्र्धन र व्यावसायिक सम्पर्क विस्तारलाई प्राथमिकतामा राखिएको छ ।

    बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.