चितवन, असोज ११ । अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोलाको पुलमाथिबाट लेदोसहितको पहिरो खस्दा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो खसेर सडक अवरुद्ध भएपछि मेसिन तथा उपकरण परिचालन गरी पहिरो हटाइएको हो।
पहिरो हटाइएसँगै पोखरातर्फ जाने सवारीसाधनका लागि मात्र हाल आवागमन खुला गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ।
अविरल वर्षा भइरहेकाले सडकखण्डमा थप पहिरोको जोखिम रहेकाले यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।




