काठमाडौं, असोज ११ । आइतबार बिहान करीव १०ः३० बजे चितवन जिल्ला भरतपुर महानगरपालिका–१६ झनझने बाट १० जनाको सकुशल उद्दार गरिएको छ । गुम्बाचोकमा अविरल बर्षाका कारण नारायणी नदिको बहाब बढ्न गई उक्त स्थानमा रहेको ३ वटा घर डुवानमा परेर घरको छतमा बसिरहेका १० जनाको उद्वार गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट गएको सुरक्षा फौजले रबरबोटको सहायतामा निजहरुलाइ सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।




