काठमाडौं, असोज १४ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएका नेपालीहरूको खोजी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले असोज ११ गतेको पहिरोमा परेका खोटाङ ऐसेलुखर्कका तीन कुकमध्ये घनश्याम राईको शव भेटिए पनि लखकुमार गुरुङ र सुरज राई अझै बेपत्ता रहेको र सरकारबाट खोजी नभएको गुनासो गरे।
त्यस्तै, त्रिपुरेश्वरमा आत्मदाह गरेका अर्जुन दोङ तामाङको परिवारसँग सरकारले संवाद नगरेको र भेट्न नदिएकोप्रति आपत्ति जनाउँदै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए। यसका साथै, नेपाल ‘ग्रे लिस्ट’ मा रहेका कारण पोल्याण्डमा नेपाली श्रमिकले बैंक खाता खोल्न नपाएको समस्या समाधान गर्न पनि उनले माग गरे।




