काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पार्टी हितविपरीत गतिविधिमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने जनाएको छ।
समितिका कार्यवाहक संयोजक रमेश धमलाले पार्टीको नीति, मर्यादा र हितविपरीत गतिविधिमा संलग्न नहुन नेता–कार्यकर्तालाई सचेत गराएका छन्। पार्टी विरोधी गतिविधिमाथि निगरानी भइरहेको भन्दै त्यस्ता कार्य नरोकिए आवश्यक कारबाही अघि बढाइने उनले स्पष्ट पारे।




