काठमाडौं, कात्तिक १३ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज शुक्रबार कुनै पनि खेल हुने छैन।
विश्रामको दिनपछि भोलि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुईवटा रोमाञ्चक खेलहरू हुँदैछन्।
जसअनुसार भोलि दिनको १२:३० बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने साँझ ५:०० बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।




