• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

नवौँ राष्ट्रिय खेलकुद : तनहुँबाट खेलाडी छनोट


  •   सोमबार, भदौ १३, २०७९ मा प्रकाशित
  • काठमाडौँ १३ भदौ

    Advertisement

    गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरेको हो ।

    पूर्वाधार अभावकै बीचमा खेलकुद विकास समिति खेलाडी छनोट गर्न बाध्य छ । खेलकुद पूर्वाधार निर्माणका लागि राज्यको कम चासो हुँदा खेलकुदका गतिविधि सञ्चालन गर्न समस्या हुने गरेको समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।

    “खेलकुद सञ्चालनका लागि पूर्वाधार छैन, भित्र खेलाइने खेलका लागि कभर्डहल छैन, भलिबल कोर्ट छैन”, उनले भने, “जसोतसो व्यवस्थापन गरेर खेल सञ्चालन गरी खेलाडी छनोट गरेका छौँ ।” नवौँ राष्ट्रिय खेलकुदमा खेलाडी छनोटका लागि टेबलटेनिस घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा रहेको कोर्टमा खेलाइएको छ । भलिबल खुलाचौरस्थित खेलमैदानमा खेलाइएको छ । कराँते निर्माणाधीन कभर्डहलमा खेलाइएको छ ।

    बास्केटबल व्यास नगरपालिका–१ स्थित निर्मल माविमा रहेको कोर्टमा खेलाइएको छ । बास्केटबल कोर्ट भने राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा निर्माण गरिएको छ । यहाँ मापदण्डअनुसारका दुई बास्केटबल कोर्ट निर्माण गरिएको छ । नवौँ राष्ट्रिय खेलकुदका लागि तनहुँमा खेल खेलाउँछाँै भन्दा पूर्वाधार अभावले नसकिने अवस्था रहेको उनले बताए । “तनहुँमा पनि खेल खेलाउने इच्छा हो, तर पूर्वाधार नै छैन”, अध्यक्ष पाण्डेले भने, “मापदण्डअनुसारको कोर्ट भएकाले बास्केटबल खेल खेलाउन सकिन्छ ।”

    तनहुँमा महिला बास्केटबल खेलाउने तयारी छ । महिला बास्केटबलका लागि खेलाडी र अफिसियलसहित तीन सय जना दमौली आउनेछन् । “होटलको अभावका कारण महिला बास्केटबलका लागि मात्रै व्यवस्थापन गर्न सकिने भइयो”, उनले भने ।

    खेल सञ्चालनका लागि खेलकुदका सामग्री पनि अभाव रहेको कराँते महासङ्घ तनहुँका अध्यक्ष मनिराज थापामगरले बताउनुभयो । कराँतेका लागि खेलाडी छनोट गर्न जिल्लामा म्याट नरहेकाले लमजुङबाट मगाइएको उनले बताए ।

    बजेट अभावका कारण खेलकुद विकास समितिलाई कार्यालय भाडा तिर्न पनि समस्या हुँदै आएको छ । “पाँच÷छ महिनाको भाडा रकम नभएर व्यक्तिगत रुपमा उठाएर तिर्नुपर्ने अवस्था पनि आयो”, पाण्डेले भने । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुनु गौरवको कुरा भएको र तनहुँको दमौलीमा पनि खेल सञ्चालन गर्दा व्यास नगरपालिकाको तर्फबाट हुनसक्ने सहयोग गर्न आफूहरु तयार रहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । “नगरपालिकाका पनि सीमित स्रोत छन्, प्रतियोगिता सम्पन्न गराउनु सबैको दायित्व र कर्तव्य हो”, उनले भने ।

    नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि क्रिकेट, ब्याडमिन्टन, बास्केटबल, उसु, बक्सिङ, फुटबल, भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, टेबलटेनिस, बुद्धिचाल, कराँते, आइटिएम तेक्वान्दो, फुल कन्ट्याक्ट कराँतेबाट प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरिएको छ ।

    करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका मिलेको हो ।

    राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् । अधिकांश खेल पोखरामा र केही खेल पोखरा बाहिर गर्ने तयारी छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना बनाइएको छ ।

    दुई सय २१ खेलाडी छनोट

    नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट दुई सय २१ खेलाडी छनोट भएका छन् । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताबाट दुई सय २१ खेलाडी छनोट भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

    फुटबलतर्फ १४ पुरुष र १४ महिना गरी २८, भलिबलतर्फ नौ पुरुष र नौ महिला गरी १८, क्रिकेटतर्फ १४, बास्केटबलतर्फ नौ, टेबलटेनिसतर्फ पाँच, ब्याडमिन्टनतर्फ सात पुरुष र पाँच महिला गरी १२, एथलेटिक्सतर्फ नौ पुरुष र नौ महिला गरी १८, बुद्धिचालतर्फ तीन, कराँतेतर्फ २९, कबड्डीतर्फ दश पुरुष र दश महिला गरी २०, आइटिएम तेक्वान्दोतर्फ १४ पुरुष र ११ महिला गरी २५, तेक्वान्दोतर्फ छ पुरुष र छ महिला गरी १२, फूल कन्ट्याक्ट कराँतेतर्फ सात पुरुष र पाँच महिला गरी १२, उसुतर्फ छ पुरुष र छ महिलागरी १२ र बक्सिङतफ चार खेलाडी छनोट भएको खेलकुद विकास समितिले जनाएको छ । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् । रासस

    सोमबार, भदौ १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.