काठमाडौं १३ भदौ
काठमाडौं महानगरपालिकाले न्युरोडस्थित सुरज आर्केडको बेसमेन्ट खाली गराएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सुरज आर्केडको बेसमेन्ट र त्यस वरपरका अवैध संचरना हटाउन निर्देशन दिएपछि महानगरको टोली त्यहाँ पुगेको हो ।
महानगरपालिकाको टोली त्यहाँ पुगेपछि सुरज आर्केडको बेसमेन्टमा पसलहरु हटाउन थालिएको छ । महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना दिएपनि सुरज आर्केडको व्यवस्थापनले आनाकानी गरेपछि महानगरले बेसमेन्ट खाली गर्न लागेको हो ।
सुरज आर्केडले बेसमेन्टमा पार्किङ गर्न नदिएपछि सडकमा पार्किङ गर्दा उक्त क्षेत्रको अवस्था अस्तव्यस्त हुने गरेको थियो । महानगरले आइतबार भोटाहिटी–रत्नपार्कको अन्डरपासमाथि बनाइएका अवैध संरचना हटाएको थियो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले केही दिनदेखि आफ्नै सक्रियतामा अनधिकृतरुपमा बनाइएका संरचना भत्काउने कामको सुरुवात गरेका हुन् ।




