बुटवल १६ भदौ
गृहमन्त्री बालकृष्ण खाण रूपन्देही क्षेत्र नम्बर– २ बाट प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस भएका छन् ।
नेपाली कांग्रेस क्षेत्रीय समितिले खाणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम पनि सिफारिस गरेको हो।
खाण २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट समानुपातिकमा बसेका थिए। रुपन्देही–२ मा २०७४, २०७० र २०६४ का तीनैवटा संसदीय चुनावमा एमाले नेता विष्णु पौडेलले जितेका थिए।




