• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

जो संँग दुईसय बढी चिकित्सक संँग काम गरेको अनुभव छ


  •   शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
  • चितवनः शल्यक्रिया गर्ने सर्जन चिकित्सकलाई सबैले चिन्छन् । शल्यक्रिया गर्नुअघि बेहोस् बनाउने एनेस्थेसियोलोजिष्टलाई कमले मात्रै चिन्ने गर्दछन् । उनीहरुको भूमिका सर्जनको भन्दा कम हुँदैन ।
    जिल्लामा कुनै बेला सर्जनहरुले कुरेर एनेस्थेसियालोजिष्टको समय लिनु पर्दथ्यो । त्यसो त यहाँका न्यून एनेस्थेसियोलोजिष्टहरुले रातमा पनि सुत्न नपाएर शल्यक्रिया कक्षमै कामको सीलसिलामा रात बिताउनुपर्ने हुन्थ्यो । त्यस्तै एक जना महत्वपूर्ण पात्र डा. विजयराज न्यौपाने हुनुहुन्छ ।

    Advertisement

    रत्ननगर नगरपालिका वडा नम्बर १२ जयमंगलामा जन्मिनुभएका न्यौपाने जिल्लामै जन्मिएका दोस्रो चिकित्सक हुनुहुन्छ । त्यसो त जिल्लाको एनेस्थेसियामा स्नातकोत्तर (एमडी) गर्ने पहिलो चिकित्सक हुनुहुन्छ । जिल्लामा एनेस्थेसियाको क्षेत्रमा सेवा दिने चौथो चिकित्सक उहाँ हुनुहुन्छ ।

    विसं २०१७ साल पुस २३ गते जन्मिनुभएका डा. न्यौपानेले पूर्वी चितवनको पञ्चकन्या माविमा कक्षा ७ सम्मको अध्ययन गर्नुभयो । त्यसपछिको शिक्षा नेपाल माविबाट भयो । त्यहीबाट उहाँले विसं २०३३ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । जिल्लामा आठ जनाले प्रथम श्रेणीमा उत्तीर्ण गरेकामध्ये डा. न्यौपाने एक हुनुहुन्थ्यो ।

    त्यसपछिको हेल्थ अशिष्टेन्ट चिकित्साशास्त्र अध्ययन संस्थान महाराजञ्ज क्याम्पसबाट वि. सं. २०३७ सालमा उत्तीर्ण गरी यसपछिको ६ वर्ष चितवन, नवलपरासी र पर्सा जिल्लामा बिभिन्न स्वास्थ्य संस्थामा सेवा गर्नुभयो । वि. सं. २०४३ सालमा तत्कालीन सोभियत संघको युक्रेनमा उहाँले त्यहाँको एमडी (यहाँको एमबिबिएस सरह) अध्ययनका लागि जानु भयो ।

    विसं २०५० सालमा एमडी (यहाँको एमबिबिएस सरह)को चिकित्सक भई चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बनाउनुभयो । न्योपानेले परिवार नियोजन संघमा ६ वर्ष सेवा गर्नुभयो ।
    विसं २०५६ सालमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुरु गर्नुभयो । त्यस पछिवि.सं २०५७ सालमा बिपि कोईराला इन्चिच्यूट अफ हेल्थ साइन्स (विपिकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिष्ट एण्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष त्यहा बिताउनुभयो । वि. सं. २०६० सालमा एमडी उतीर्णगरी त्यसपछिको उहाँको जीवन क्यान्सर अस्पतालमै बिरामीको सेवामा समर्पित भयो ।

    दिनको समयमा क्यान्सर अस्पताल र साँझ बिहान भरतपुरका निजी अस्पतालका बिरामीको सेवामा उहाँ लागिरहनुभयो । उहाँ भन्नुहुन्छ “भरतपुर अस्पतालका डाक्टर माणिकलाल मानन्धर दाजु र मैले जिल्लाका सबै अस्पतालको शल्यक्रिया धान्नु पथ्र्यो ।” अहिलेसम्म झण्डै आफ्नो नेतृत्वमा एक लाखलाई सेवा दिएको बताउँदै उहाँले थप्नुभयो “धेरै रात मैले शल्यक्रिया कक्षमा काममा बिताएको छु ।” त्यतिवेला साना साना शल्यक्रियाका लागि पनि राजधानी धाउनुपर्ने बाध्यता थियो । न्यौपाने संगै चिकित्सक थपिदैं जाँदा सबै खालका शल्यक्रिया यही हुने गर्दछ ।

    कुनै पनि बिरामीको शल्यक्रिया गर्नुअघि उपयुक्त हुने वा नहुने छनोट गर्ने मुख्य चिकित्सक एनेस्थेसियोलोजिष्ट हुने गर्दछ । त्यसो त शल्यक्रियाको अवस्थाअनुसार शरीरका पूरै वा आंशिक अंग बेहोस् बनाउनुपर्ने हुन्छ । यो महत्वपूर्ण भूमिका निर्वाह गर्ने चिकित्सक बाह्य रुपमा नदेखिएर पर्दाभित्रको हिरोको रुपमा चित्रण गर्न सकिन्छ ।
    दुई सयभन्दा बढी शल्यचिकित्सकसँग काम गरेको उहाँसँग अनुभव छ । विगत दुई दशकदेखि चितवनको भूमिमा बिरामीको सेवामा समर्पित डा. न्यौपानेले विगतलाई सम्झँदै भन्नुभयो “शल्यक्रियाको बढी चाप र एनेस्थेसियोलोजिष्टको संख्या कम हुनुको करणले बिरामीले शल्यक्रिया कुर्नुपर्ने बाध्यता थियो । मेरै समय कुरेर तीन चार दिनसम्म बिरामी बस्नुपर्ने अवस्था पनि थियो ।” जिल्लाका अधिकांश अस्पतालका शल्यक्रिया कक्षमा उहाँले काम गरेको अनुभव छ ।
    भरतपुर अस्पताल, दुई मेडिकल कलेजमा एनेस्थेसियोलोजिष्ट अभावमा त्यहाँको सेवा अबरुद्ध नहोस भनेर स्वयमसेबी सेवा गर्नुभएको छ । पछिल्ला दिनहरुमा एनेस्थेसियोलोजिष्ट चिकित्सक थपिँदै गएपछि शल्यक्रियाको काममा दबाब घट्दै गएको उहाँले बताउनुहुन्छ । अहिले जिल्लामा यो संख्या ४० हाराहारी पुगेको छ ।
    वि.संंं. २०१२ सालमा लम्जुङको दुराडाँडाबाट हजुरबुबा संगै बुबा बन्धुराज न्यौपाने र आमा निर्मलादेवी न्यौपाने चितवन झरेपछि उहाँको बसाई रत्ननगरमा भयो । उपप्रधानपञ्च, विद्यालयका अध्यक्ष, परिवार नियोजन संघ, नेपाल रेडक्रश लगायत सामाजिक क्षेत्रमा बुबाको योगदानको कारण न्यौपानेलाई सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा मिलेको छ । उहाँले रोटरीका विभिन्न पदमा रहेर मुख्य दाताको भूमिका निर्वाह गर्नुभएको छ ।

    नेपाल चिकित्सक संघका पूर्वकेन्द्रीय सदस्य, रेडक्रसका विशिष्ट सदस्य, सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालका पूर्वकेन्द्रीय सदस्य, चितवनका संस्थापक अध्यक्ष, नेप्लिज एसोसिएसन अफ प्यालेटी केयरका निवर्तमान अध्यक्ष रहनुभएका उहाँले विभिन्न सामाजिक संघसंस्थामा सेवा पु¥याउँदै आउनुभएको छ ।

    आफूमात्रै चिकित्सा क्षेत्रमा नभएर बुहारीलाई आँफैले पढेको बिषयमा पढाएर आँफ्नै बिभागमा अनुभवलाई आदान प्रदान गर्दै आउनु भएको छ । न्यौपानेका दुई छोरा चिकित्सक छन् । क्यान्सर अस्पतालमा बिभागीय प्रमुख देखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभव पछि अवकाश पाउनुभएका न्यौपाने हाल नारायणी सामुदायिक अस्पताल र कालीगण्डकी अस्पताल कावासोतीमा कार्यरत हुनुहुन्छ । नारायणी सामुदायिकको उहाँ पूर्व अध्यक्ष हुनुहुन्छ भने कालिगण्डकीको हालको कार्यकारी अध्यक्ष हुनुहुन्छ । उहाँले क्यान्सर अस्पतालमा रहँदा हस्पिस एण्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान गर्नुभयो ।

    शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.