• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

प्रयोगविहीन बसपार्कले निम्त्याएको समस्या


  •   सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
  • बागलुङ २० भदौ 

    Advertisement

    दैनिक हजारौँ मानिसको आवतजावत हुने ठाउँ हुन् बागलुङ, बुर्तिबाङ र गलकोट बजार । बजार साना छन् तर व्यापार व्यवसाय र मानिसको चाप ठूलो छ यहाँ । भर्खरभर्खर विकास गति दिँदै गएका यी बजारमा धेरै पूर्वाधार निर्माण हुन बाँकी नै छ । भौगोलिक हिसाबले पछाडि परेका यी ठाउँ राष्ट्रिय राजमार्गका कारण छोटो समयमै अनपेक्षितरुपमा विकास भएका हुन् ।

    तीनवटै बजारमा तीव्रगतिमा बस्ती विस्तार भइरहेको छ । दिनदिनै अव्यवस्थितरुपमा भएको बस्ती विस्तारले बजार व्यवस्थापनमा चुनौतीसमेत थपिँदै गएको छ । बढी चुनौती त पार्किङमा छ । मध्यपहाडी लोकमार्गले जोडिएपछि सहरका रुपमा विकास भएका हटिया र बुर्तिबाङमा ठूलाठूला घर भवन निर्माण भइरहेका छन् । यसले गर्दा खुला ठाउँ कत्ति पनि छैन ।

    दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर गर्ने तथा रोकिने बुर्तिबाङ र गलकोटमा व्यवस्थित बसपार्क छैन । बुर्तिबाङ बजारमा बसपार्क भए पनि गलकोटमा भने छैन । ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङमा बसपार्क भए पनि निकै साँघुरो छ । साँघुरो बसपार्कमा २० वटाभन्दा बढी गाडी रोक्न मिल्दैन । त्यसले गर्दा चालकले जथाभावीरुपमा गाडी रोक्दा बजार नै अस्तव्यस्त बनेका छन् । त्यसमाथि पनि व्यवसायीहरुले सडक पेटीमै सामानहरु राख्दा पदैल यात्रुलाई झनै समस्या थपिएको छ । “बजार साँघुरो छ, गाडी यति धेरै छन्, कहाँ पार्किङ गर्ने, यात्रु कताबाट हिड्ने ?, बसपार्क पनि यति सानो छ, व्यापारीले पनि सडकमै ल्याएर सामान राखेका छन्,” स्थानीयवासी जगत घर्तीले भन्नुभयो, “एकातिर गाडीले बाटो छेकेको छ, अर्कोतिर व्यापारीका सामानले, पैदल यात्रु कहाँबाट हिँड्ने ?”

    उहाँले १२ वर्ष अगाडिसम्म बुर्तिबाङ बजारमा घर भवन निकै कम भएको भन्दै अहिले खाली ठाउँ नभएको बताउनुहुन्छ । “आजभन्दा १२ वर्ष अगाडि बुर्तिबाङ बजार सुनसान थियो, घर थोरै थिए, अहिले जताततै भरिए, खाली ठाउँ कतै पनि छैन”, उहाँले भन्नुभयो, “विकास हुनु राम्रो हो त यसरी अस्तव्यस्तरुपमा भएको विकासले नागरिकले दुःख पाउँछन् ।”

    ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले अहिले सञ्चालनमा आएको बसपार्क निकै साँघुरो हुँदा बजार व्यवस्थापनमा समस्या भएको बताउनुभयो । नयाँ सहरी विकास आयोजनासँग सहकार्य गरेर वडा नम्बर १ को खप्तरीबाङमा खरिद भएको जग्गामा व्यवस्थित बसपार्क निर्माणका गरिने उहाँले बताउनुभयो । “बसपार्क निर्माणका लागि दुई वर्ष अगाडि नै खप्तरीबाङमा जग्गा खरिद भइसकेको छ, अहिले सञ्चालनमा रहेको बसपार्क निकै साँघुरो छ, यहाँ धेरै गाडी राख्न मिल्दैन, यसले गर्दा बजार व्यवस्थापनमा निकै चुनौती छ, यसको व्यवस्थापनमा नगरपालिका गम्भीर भएर लागेको छ”, उपप्रमुख कायतले भन्नुभयो, “नयाँ सहरी विकास आयोजनाले पनि बसपार्कका लागि जग्गा खोजिरहेको छ, अब आयोजनासँग समन्वय गरेर बसपार्क निर्माण गर्ने र अहिले भएको बसपार्कलाई कार्यक्रम स्थल बनाउने र अन्य गतिविधिका लागि प्रयोग गर्ने गरी योजना बनाएका छौँ ।”

    उपप्रमुख कायतले लोकमार्ग कालोपत्र भएपछि यातायातको चाप निकै बढेको हुँदा बजार व्यवस्थापनमा समस्या परेको बताउनुभयो । बुर्तिबाङ बजार नेपालको एक मात्रै शिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार भएको हुँदा ढोरपाटन जाने पर्यटकका कारणले पनि यहाँ गाडी व्यवस्थापनमा समस्या भएको उहाँको भनाइ छ । अस्तव्यस्त सवारी साधनको पार्किङले बजारलाई नै कुरुप बनाएको भन्दै केही समयमा यो समस्याको समाधान गर्ने बताउनुहुन्छ ।

    “बुर्तिबाङ पर्यटकीय क्षेत्र ढोरपाटनको ढोका हो, यहाँबाट सयौँ आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन पुग्छन्, उनीहरुले चढेर आएका गाडी यहाँ पार्किङ हुन्छ, त्यो बाहेक यहाँ सवारीको चाप बढ्नुका कारण लोकमार्ग राम्रो बन्नु हो, पहिले सडक राम्रो थिएन, टाढाटाढाबाट मान्छे आउँदैनथे”, उहाँले भन्नुभयो, “अहिले सेवासुविधाको हिसाबले बुर्तिबाङ विकास भयो, सडक राम्रो भयो, जताततै घरहरु भरिए, खाली ठाउँ भएन, त्यसले गर्दा समस्या आएको हो, यो समस्याको समाधानका लागि हामी प्रयास गरिरहेका छौँ ।”

    बुर्तिबाङ बजार निसीखोला, भुजीखोला र तमाखोलाको सङ्गमस्थल हो । जिल्लाकै दोस्रो ठूला व्यापारिक केन्द्रका रुपमा रहेको बुर्तिबाङ तीनवटै क्षेत्रका बासिन्दा किनमेलका लागि बुर्तिबाङ झर्ने गर्छन् । अझ अहिले त मध्यपहाडी लोकमार्गले रोल्पा र रुकुम जोडिएपछि ती दुई जिल्लाको किनमेल गर्ने ठाउँ बुर्तिबाङ बजार बनेको छ । बुर्तिबाङ बजारदेखि हरेक दिन दर्जनौँ गाडी देशका विभिन्न सहरमा पुग्ने गर्छन् ।

    मध्यबागलुङमा पर्ने गलकोटको हटिया बजार पनि एक दशक अगाडिसम्म सुनसान थियो । मध्यपहाडी लोकमार्गले जोडिएपछि बजारमा परिणत भएको छ । दरमखोलाको तिरमा रहेको गलकोट बजार निकै साँघुरो छ । यहाँ पनि गाडी र मान्छेको चाप उस्तै हुँदा बजार व्यवस्थापनमा निकै चुनौती छ । गलकोटमा लोकमार्गमा सञ्चालन हुने तथा बजारदेखि ठूला सहर र ग्रामीण क्षेत्रमा चल्ने गाडीले बजार अस्तव्यस्त बनाएको छ ।

    सवारीसाधनको चाप बढेपछि गलकोट क्षेत्रमा ट्राफिक व्यवस्थापनको लागि व्यवस्थित बसपार्कको आवश्यक परेको स्थानीय बासिन्दा थम्मन थापाले बताउनुभयो । गलकोटमा एक दशकअघिसम्म खेत र सामान्य बजार रहेको भन्दै लोकमार्ग आएपछि घरहरुले भरिएको उहाँले बताउनुभयो । बढ्दो जनघनत्व तथा लोकमार्गमा हुँदै रुकुम, रोल्पादेखि चौबिसै घण्टा सदरमुकाम बागलुङ बजार, पोखरा, चितवन, काठमाडौँ चल्ने ठूला तथा साना सवारीसाधनको आवतजावतले बसपार्कको अभाव खड्किएको थापा बताउनुहुन्छ ।

    “तीव्र बजारीकरणका कारण गलकोटमा बसपार्कको अतिआवश्यक छ, सानो ठाउँ छ, धेरै मान्छे र सवारी साधान छन्, बजारको जता हे¥यो त्यतै गाडीले भरिएका छन्, मान्छेलाई हिँड्न पनि समस्या छ”, उहाँले भन्नुभयो, “खुला ठाउँ भएको भए गाडी व्यवस्थापन गर्न पनि सजिलो, किनमेल गर्न बजार आउने मान्छेलाई फुटपाथमा हिँड्न पनि सजिलो हुन्थ्यो, अहिले त मान्छे उहीँ, गाडी उहीँ, यसले गर्दा दुर्घटनाको जोखिम त निकै बढायो ।”

    उहाँले कुनै समय ठूलो कार्यक्रम गर्दा मान्छेहरु राख्न नसक्ने होटल अभाव हुने गलकोटमा अहिले सुविधा सम्पन्न होटल रेष्टुरेन्ट बनिरहेको भन्दै बाहिरी मान्छेसमेत यहाँ घुम्न आउने गरेको बताउनुभयो । यहाँ जनसङ्ख्या बढ्नु र बाहिरी मान्छेको आगमनमा समेत वृद्धि हुँदा बजार व्यवस्थापनमा थप चुनौती थपिएको थापाले बताउनुभयो ।

    गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकोटमा बजार विस्तार भएको हुँदा बसपार्कको अतिआवश्यक परेको बताउनुभयो । बसपार्क व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न प्रयास गरिरहेको उहाँको भनाइ छ । जग्गा नपाउँदासम्म वैकल्पिक ट्राफिक व्यवस्थान गरिएको प्रमुख गैरे बताउनुहुन्छ । “जनघनत्व बढी भयो, सवारीसाधन पनि बढे, त्यस कारण यहाँ बसपार्क अनिवार्य भयो, बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने प्रयास भइरहेको छ, तर अहिलेसम्म जग्गा प्राप्त भएको छैन, बजार निकै साँघुरो छ, बजारभन्दा टाढा बसपार्क भएर पनि खासै समस्या समाधान हुँदैन, बजार वरपर त्यस्तो जग्गा पाउन निकै मुस्किल छ”, नगर प्रमुख गैरेले भन्नुभयो, “हामीले निकै प्रयास गरेका छौँ, जग्गा व्यवस्थापन हुँदासाथ प्रदेश र सङ्घ सरकारसँग सहकार्य गरेर बसपार्क निर्माण गछौँ ।”
    अहिले बजार क्षेत्रको सडकलाई एकतर्फीरुपमा सञ्चालन गरेर समस्या समाधान गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

    गैरेले ट्राफिक प्रहरीसँग समन्वय गरेर बजार क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणका लागि चोकचोकमा होर्डिङ बोर्ड राख्ने तथा साना सवारी साधनलाई खुला सडकका छेउमा व्यवस्थापन गर्दै आएको बताउनुभयो ।

    यता जिल्ला सदरमुकाम बागलुङ बजारमा भने बसपार्क नभएका होइनन् । यहाँ दुई वटा बसपार्क छन् । वडा नं ३ मा चिप्लेटी बसपार्क र वडा नम्बर ४ उपल्लाचौरमा नयाँ आधुनिक बसपार्क निर्माण भएको छ । चिप्लेटी बसपार्क साँघुरो भएको हुँदा उपल्लाचौरमा नौ करोड लागतमा बसपार्क निर्माण गरिएको हो । निर्माण भएको एक वर्ष बितिसक्दा पनि यो बसपार्क सञ्चालनमा आउन सकेको छैन ।

    नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क सञ्चालनमा आउन सकेको छैन । करिब २० वर्षअघि बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा रहेको जग्गा एकीकृत गरेर स्थानीयले बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका थिए । एकीकृत गरिएको ५९ रोपनी जग्गामध्ये १७ रोपनी बसपार्क निर्माणका लागि प्रयोगमा आएको भए पनि बाँकी जग्गा जग्गाधनीलाई फिर्ता गर्न बाँकी छ ।

    विसं २०७५ मा एक वर्षभित्रै निर्माण सक्नेगरी सुरु भएको काम तीनपटक म्याद थपेर काम सकिएको हो । बसपार्क क्षेत्रमा टर्मिनल भवन, व्यापारिक भवन र भूमिगत ट्याक्सी पार्किङ र ग्यारेज निर्माणको भएका छन् । नगर विकास कोषले रु नौ करोड चार लाख ऋण दिएपछि निर्माणको काम सुरु भएको थियो । हाल सञ्चालनमा रहेको चिप्लेटी बसपार्कमा पर्याप्त बस राख्न पुगेको छैन । उक्त बसपार्क निर्माण भएकाले लामो तथा छोटो दुरीका लागि छुट्टाछुट्टै व्यवस्था गर्न सकिन्थ्यो ।

    निर्माण भएको बसपार्क रित्तो छ तर बजारमा भने सवारीको चापले ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनाएको छ । बजारको मुख्य सडक जीपपार्कदेखि ट्राफिक चोकसम्म दैनिक साना ठूला सवारीसाधनको चाप हुने गरेको छ । सवारी साधनलाई एकतर्फी भए पनि निरन्तर सञ्चालनका लागि जिल्ला ट्राफिक कार्यालय बागलुङले प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले बताउनुभयो । उहाँले बजार साँघुरो र त्यसमाथि ग्रामीण क्षेत्रबाट आउने गाडी र बजारदेखि लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनका कारण ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउनुभयो । उहाँले पार्किङका लागि बागलुङ नगरपालिकासँग छलफल गरिरहेको बताउनुभयो ।

    बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले उपल्लाचौरमा बनेको नयाँ बसपार्क सञ्चालनका लागि कार्यदल बनाएको भन्दै यहाँ भएका समस्या समाधान गरी छिटै सञ्चालनमा ल्याउने बताउनुभयो । उहाँले निर्माण भएको बसपार्क रित्तो हुने तर बजारमा सवारी साधनको भीड हुने गरेको बताउँदै केही समयमै यसलाई सञ्चालनमा ल्याउने दाबी गर्नुभयो । “बसपार्क सञ्चालनमा केही समस्या रहेछन्, त्यसको समाधान गरी बसपार्क सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले कार्यदल गठन गरेको छ”, नगर प्रमुख श्रेष्ठले भन्नुभयो । कार्यदलले यहाँ भएको समस्या समाधान गर्दा बित्तिकै बसपार्क सञ्चालनमा ल्याउने तयारी भएको छ ।

    सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.