• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

सुधारको बाटोमा भरतपुर अस्पताल


  •   शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित
  • चितवन २४ भदौ

    Advertisement

    एकै वर्षमा सात पटकसम्म मेडिकल सुपरिटेण्डेण्ट (मेसु) परिवर्तन भएर अस्तव्यस्त बनेको भरतपुर अस्पताल अहिले सुधारको बाटोमा अघि बढेको छ । विगत एक वर्षदेखि एउटै मेसुले काम गर्ने अवसर पाएसँगै अस्पतालको सेवा र सुविधामा सुधारसँगै बिरामीको आकर्षण पनि बढेका कारण भीडभाड थपिँदै गएको हो ।

    निजी र ठूला अस्पतालसँग दाँजेर हेर्नेले धेरै कमी कमजोरी औँल्याए पनि सरकारी तवरबाट न्यून जनशक्तिमा दिइएको सेवाको भने धेरैले प्रशंसा गरेका छन् । अस्पतालमा दैनिक एक हजार पाँच सय बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् । छ सय शय्याको यो अस्पताल सङ्घीय अस्पताल हो । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी आउने गर्दछन् । आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गर्दछन् ।

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेल बिरामीको सेवा र सुविधालाई दृष्टिगत गरी सेवा विस्तार गरिँदै आएको बताउनुहुन्छ । अस्पतालले गुणस्तरीय सेवासँगै अतिविशिष्ट सेवा पनि सञ्चालनमा ल्याएपछि बिरामीमा आकर्षण बढेको उहाँको भनाइ छ । अस्पतालमा भीड बढेपछि बहिरङ्ग सेवा (ओपिडी) को टिकट बिहान ७ः३० बजेदेखि दिउँसो २ बजेसम्म बढाइएको छ । विशेषज्ञ ओपिडी बिहान ९ः३० देखि २ः३० बजेसम्म सञ्चालन हुँदै आएको छ । नेपालका सरकारी अस्पतालमा पहिलोपटक साधारण बहिरङ्ग सेवा (जिओपिडी) सेवा सुरु गरिएको छ । बिहान ८ बजेदेखि सुरु हुने यो सेवा बेलुकी ५ बजेसम्म चल्दै आएको अस्पतालले जनाएको छ ।

    बिरामीको सहजतालाई ध्यानमा राखेर अस्पतालभित्र सोधपुछ कक्ष र फ्रेण्ड्स अफ भरतपुर अस्पतालसँगको समन्वयमा अस्पताल परिसरमा हेल्प डेस्क सञ्चालन गरिएको छ । शल्यक्रिया कक्ष (अपरेसन थिएटर) को सङ्ख्या छ वटाबाट बढाएर सात बनाइएको छ । अस्पताल विकास समितिको बजेटबाट थप दुई वटा मोडुलर ओटी (अत्याधुनिक शल्यक्रिया कक्ष) निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

    सौन्दर्यकरण समिति बनाई अस्पतालमा सरसफाइ र सजावटका काम भइरहेका छन् । अगाडिको पर्खाल पुनःनिर्माण, मुख्य बोर्ड र मन्दिरसमेतमा रङरोगन र मर्मत गरिएको छ । प्रत्येक सोमबार अतिरिक्त सरसफाइ हुँदै आएको छ । ट्रमा इमर्जेन्सी सुरु गरिएको छ । अस्पतालमा ट्रमा म्यानेजमेन्ट सिस्टम प्रभावकारी बनाइएको छ । सि ब्लक भवनमा टरसियरी लेभलको ट्रमा सेन्टर बनाउन काम सुरु भइसकेको छ । यो काम सम्पन्न भएबाट नेशनल ट्रमा सेन्टरपछि नेपालमै दोस्रो सरकारीस्तरको ट्रमा सेन्टर भई दुर्घटनाका बिरामीलाई छिटोछरितो सेवा दिन सकिने मेसु पौडेल बताउनुहुन्छ ।

    पचास शय्या क्षमताको नयाँ भवनमा असोज पहिलो सातासम्ममा आकस्मिक कक्ष सञ्चालन गर्न लागिएको छ । सोही भवनमा प्रयोगशालासहित अन्य सेवा दिने तयारी अस्पतालले गरेको छ । शौचालय र ढल निकासको राम्रो व्यवस्थापनका लागि स्थानीय निकायलाई आग्रह गरिएको उहाँको भनाइ छ । प्रसूति सेवालाई थप व्यवस्थित गर्न अस्पताल विकास समितिकै खर्चले विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । प्रसूतिको छुट्टै भवन निर्माण गरी अझ गुणस्तरीय सेवा दिने तयारी भइरहेको छ ।

    कोभिड महामारीको समयमा सघन उपचार कक्षमा शय्या अभाव भएपछि थप १० शय्या सघन उपचार कक्ष र पाँच शय्याको एक महिनादेखि १५ वर्षसम्मका बालबालिका राख्ने सघन उपचार कक्ष थप गर्न कार्यक्रम स्वीकृत भई कार्य अगाडि बढेको मेसु पौडेल जानकारी दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दुइवर्ष अघि पन्छी प्रयोगशालामा सुरु गरिएको पिसिआर प्रयोगशाला अस्पतालकै नयाँ भवनमा सारेर सेवा नियमित गरिएको छ ।” टिकट काउन्टरको भीड कम गर्न काउन्टर सङ्ख्या थप गरिएको र बहिरङ्ग सेवा निःशुल्क गरिएको जानकारी दिँदै । मेसु पौडेल अगाडि थप्नुहुन्छ, “टिकट काउन्टरमा भीड कम गर्न अनलाइन टिकट काट्ने व्यवस्था गरेका छौँ ।”

    नेपाल सरकारले आठ वटा कडा रोगका लागि दिने सुविधा सामाजिक सेवा एकाइबाट दिँदै आएकाले यसलाई थप व्यवस्थित र चुस्त बनाउने कार्य भइरहेको उहाँ बताउनुहुन्छ । मानवस्रोत र पूर्वाधारको हिसाबले यो आफैँ मेडिकल कलेज बनिसक्नुपर्ने अस्पताल भए तापनि हालसम्म हुन सकेको छैन भन्दै उहाँ जोड दिनुहुन्छ, “तर पनि नर्सिङ, एमडी, एमएस कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यस वर्ष बिएस्सी नर्सिङ सुरु गर्ने तयारी भइरहेको छ ।” सेवालाई अझै गुणस्तरीय बनाउन क्युए (क्वालिटी एस्योरेन्स कमिटी र डियुटी अफिसर) को व्यवस्था गरी काम अघि बढाइएको छ । छिटो सेवा चाहने बिरामीलाई लक्ष्य गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विस्तारित अस्पताल सेवा कार्यविधिअनुसार छुट्टै भवनमा पेइङ सुपरस्पेशलाइज क्लिनिक सञ्चालन गरिएको छ ।

    चिकित्सक, नर्स र प्राविधिकलाई स्वास्थ्य विषयमा अनुसन्धान गर्न प्रेरित गर्ने उद्देश्यले विकास समितिले निर्णय गरी एक वर्षमा १० वटा उत्कृष्ट अनुसन्धानमूलक प्रस्तावलाई समेटने व्यवस्था गरिएको छ । शैक्षिक समिति, संस्थागत पुनरावलोकन बोर्ड गठन गरिएको छ । यो अस्पताल देशभरिका स्वास्थ्यकर्मीलाई विभिन्न तालिम दिने लोकप्रिय केन्द्र बन्दै गइरहेको सन्दर्भमा सोहीअनुसारको व्यवस्थापन गरिएको मेसु पौडेल बताउनुहुन्छ ।

    अस्पतालमा आवश्यक प्राविधिक जनशक्तिको निष्पक्ष रुपमा लिखित र मौखिक परीक्षा गरी चिकित्सक, नर्स र फार्मेसी प्रयोगको व्यवस्था गरिएको छ । कर्मचारी प्रशासन र अस्पताललाई अनुशासित बनाउन दण्ड र पुरस्कार दिने परिपाटीको विकास गरिएको छ । सोहीअनुसार कतिपय कर्मचारीलाई पुरस्कृत र कतिपयलाई कारबाही पनि गरिएको अस्पतालले जनाएको छ । नवजात शिशु सघन उपचार कक्ष र बाल सघन उपचार कक्षमा शय्या थप गर्ने कार्य भइरहेको छ । मिर्गाैला डायलासिस उपकरण १० बाट बढाएर १५ बनाइदै छ । एमआइआइ मेसिन गत वर्ष नै मन्त्रालयबाट स्वीकृत भए पनि अर्थमन्त्रालयमा रोकिएकामा यस वर्ष बजेट सुनिश्चित भई खरिद प्रक्रिया सुरु भइसकेको उहाँ जानकारी दिनुहुन्छ ।

    मेसु पौडेल भन्नुहुन्छ, “बन्द भएको स्पाइनल वार्ड नयाँ भवनमा सुरु गरेका छौँ ।” फिजियोथेरापी सेवालाई ठूलो र फराकिलो ठाउँमा सारी समयसापेक्ष उपकरण थप गरी आधुनिक र चुस्त बनाइएको छ। उहाँ थप्नुहुन्छ, “दुई वर्षदेखि बन्द रहेको न्युरोसर्जरी सेवा पुनः नियमित सञ्चालनमा ल्याइएका छौँ ।” अस्पताल परिसरमै छुट्टै सरुवा रोग अस्पताल भवनको निर्माण कार्य थालिएको छ । पार्किङस्थलमा मोज्याक टायल लगाई व्यवस्थित बनाइएको छ भने सि ब्लब अगाडिका पुराना संरचना भत्काउने कार्य जारी रहेको छ ।

    फार्मेसीलाई चुस्त बनाई यसलाई बढी सेवामूलक बनाइएको छ । समयमै औषधि आपूर्ति नगर्ने आठ वटा सप्लायर्सलाई गत वर्ष कारबाही गरिएको छ। असोज १ गतेदेखि छुट्टै निःशुल्क औषधि काउन्टर खोलिँदै छ । प्रसूतिका लागि २४ शय्याको छुट्टै पोस्टअप बार्ड बनाइएको छ । लेबर रुमलाई आधुनिकीकरण गरी थप पाँच लेवर बेड थप्ने काम भइरहेको छ ।
    अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी केन्द्रीय विशिष्टीकृत अस्पताल भने पनि राज्यका तर्फबाट त्यसको निर्देशिका वा सिस्टम आइनसकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कोरोनाको ठीक पछाडि हामीले परिणामुखी काम गरिरहेका छौँ ।”

    अस्पतालमा हाल सञ्चालनमा रहेका छ सय शय्यामध्ये एक सय ५० शय्याका लागि मात्रै सरकारी दरबन्दी छ । अन्य विकास समितिका कर्मचारीमार्फत काम गर्नुपरेको छ ।
    सँगठन संरचना प्रतिवेदन बनाइएको र यसबाट भरतपुर अस्पतालका लागि एक हजार ८५ चिकित्सक कर्मचारी थप गर्नुपर्ने भएको छ । हाल नेपाल सरकारका एक सय ७५ चिकित्सक कर्मचारी मात्रै कार्यरत छन् ।

    सर्भेक्षण प्रतिवेदन स्वास्थ्य मन्त्रालयले अर्थमन्त्रालयमा पठाइसकेको उहाँको भनाइ छ । अस्पताल विकास समितिले दैनिक ज्यालादारीलाई अन्त्य गर्दै भइरहेका कर्मचारीलाई करार गर्ने अन्तिम तयारी गरेको छ । पछिल्लो समय अस्पतालले सुधारका महत्वपूर्ण काम गरे पनि निजी ठूला अस्पतालसँग दाँज्दा धेरै कमीकमजोरी देखिने अध्यक्ष डा. अधिकारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ओएनएम सर्भेअनुसारका कर्मचारी आउँदै गर्दा अनुभूति हुने गरी सेवा दिन हामी सक्छौँ ।” यो राजधानी बाहिरको नेपाल सरकारको धेरै बिरामीलाई सेवा दिने अस्पतालमा पर्दछ ।

    शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.