• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

चिनियाँ नेता ली भ्रमणको सन्देश : नेपाल चीनको प्राथमिकतामा छ


  •   बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित
  • काठमाडौँ ३० भदौ

    Advertisement

    सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शु स्वदेश फर्किसक्नुभएको छ । भ्रमणको सन्देश कस्तो रह््यो भन्ने बारेमा चासो र चर्चा भने कायमै छ ।

    पछिल्ला दिनमा चीनका उच्चस्तरीय राजनीतिक नेतृत्वले नेपाललाई प्राथमिकतामा राखेको पनि भ्रमणका श्रृंखलाहरुले पुष्टि गरेको छ । दुई देशबीच सदिऔंदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । कुटनीतिक सम्बन्ध स्थापनापछि पनि नेपाल र चीनबीचको सम्बन्ध थप विस्तार भइरहेको छ ।

    पछिल्ला दिनमा चिनियाँ राष्ट्रपतिले अगाडि सार्नुभएको आर्थिक विकाससहितको साझेदारीको कार्यक्रम ‘बीआरआई’ को एउटा सदस्य राष्ट्रका रुपमा नेपालले समेत हस्ताक्षर गरेको सन्दर्भमा सम्बन्धमा आयाम पनि नयाँ रुपमा अभिव्यक्त भएको छ ।

    पछिल्लो छ महिनाका बीचमा चिनियाँ विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी, मन्त्रीस्तरीय हैसियतमा रहनुुभएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जिआन्चाओदेखि अध्यक्ष ली सम्मको भ्रमणको श्रृंखला हेर्दा चीनले नेपाललाई महत्व दिएको अर्थका रुपमा लिन सकिन्छ ।

    अरनिको राजमार्गको विस्तारदेखि शुरु भएको विकास निर्माणको सहकार्य पछिल्ला दिनमा अझै मुखर रुपमा अगाडि बढेको छ । बीआरआई परियोजनाले ठूला भौतिक पूर्वाधारको सम्बन्ध सेतुलाई अझै विस्तार गरेर लैजाने अनुमान गरिए पनि त्यसमा खास प्रगति हुन सकेको छैन ।

    अध्यक्ष ली को भ्रमणका क्रममा यहाँका राजनीतिक नेतृत्व र सङ्घीय संसद्ले समेत यो विषयलाई प्रमुखताका साथ उठाएको छ । सभामुखसँगको द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममा समेत यस विषयले प्रवेश पाएको छ । सभामुख सापकोटा र अध्यक्ष ली बीच विभिन्न छ बुँदे समझदारीपत्रमा हस्ताक्षर भयो । सम्झौताको एउटा बुँदामा सो विषयले प्राथमिकता पाएको छ ।

    नेपाल र चीनले राष्ट्र तथा जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुर्‍याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान गर्न सहमति जनाएका छन् । सहयोग सुदृढ गर्न प्रयास गर्ने र दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिने अर्काे महत्वपूर्ण समझदारी पनि भ्रमणका क्रममा भएका छन् ।

    संसदीयमैत्री समूहलाई उनीहरूको संलग्नता अभिवृद्धि गर्न प्रोत्साहन गर्दै साथ दिने तथा दुई व्यवस्थापिकाबीच सद्भाव र समझदारी प्रवद्र्धन गर्न सक्रिय भूमिका निर्वाह गरी प्रोत्साहन गर्ने, एकअर्काको विधायिकी, सुपरीवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्ने भएका छन् ।

    दुई सरकारबीच सहमति भएबमोजिम बीआरआई मार्फत समेत दुई राष्ट्रहरुबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने विषयलाई समेत आत्मसात् गरिएको छ ।

    भेटवार्ताका क्रममा सभामुख सापकोटाले नेपालको आर्थिक विकासमा चीन सरकार र चिनियाँ जनताका तर्फबाट उपलब्ध गराइएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । कोरोना महामारीका समयमा चीन सरकारका तर्फबाट उपलब्ध सहयोगप्रति पनि सभामुखले आभार प्रकट गर्नुभएको थियो ।

    दुई देशका जनप्रतिनिधिको शीर्ष नेतृत्वबीच यस्तो खालको द्विपक्षीय छलफल र भेटवार्तालाई पनि ऐतिहासिक घटनाक्रमका रुपमा लिने विश्वास गर्न सकिन्छ । यस्तै त्यसअवसरमा चिनियाँ राष्ट्रपतिले अगाडि सार्नुभएको बीआरआईका विषयमा समेत त्यस अवसरमा छलफल भएको थियो ।

    संयुक्त सहमतिमा पनि सो विषयले स्थान पाएको छ । यस्तै सहयोग आदानप्रदानका विविध विषयका अलावा नेपालको आर्थिक विकास एवं समृद्धिका विविध आयामका बारेमा पनि महत्वपूर्ण छलफल भएको छ । यो आफैमा अर्को महत्वपूर्ण विषयका रुपमा लिन सकिन्छ ।

    नेपाल र जनवादी गणतन्त्र चीनबीच सहर्ष कायम रहेको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने तथा दुई राष्ट्र तथा जनताको आपसी हितका लागि दुवै राष्ट्रहरुबीच सहयोगको आदानप्रदान र आपसी विश्वासलाई अझ गहन तुल्याउने सम्झौताको उद्देश्य छ ।

    सन् २०१९ को अक्टोबरमा भएको राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका अवसरमा नेपाल सरकार र जनवादी गणतन्त्र चीन सरकारबीच विकास तथा समृद्धिका लागि चिरकालसम्म मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई सहयोगको रणनीतिक साझेदारीमा अभिवृद्धि गर्ने गरी भएको निर्णयलाई पुन: पुष्टि गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

    राजनीतिक नेतृत्व, सरकार र सङ्घीय संसद्का बीचमा भएको संवाद तथा विचार विमर्शले पनि चीनले सबै क्षेत्रलाई उत्तिकै महत्व दिएको अर्थका रुपमा लिन सकिने चीन मामिलाका जानकार डा रुपक सापकोटाको भनाइ छ ।

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लामो समयदेखि चिनियाँ नाका बन्द भएको तथा बीआरआईको कार्यान्वयनमा जटिलता पैदा भएको विषयलाई प्रमुखताका साथ उठाउनुभएको थियो ।

    प्रधानमन्त्री शेरबहादुर देउवासँगको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जालको विस्तार, चीनमा अध्ययनरत नेपाली विद्यार्थी फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

    त्यस क्रममा पनि चिनियाँ पक्षले एक चीन नीतिप्रति नेपालको अडान र नेपाली भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धताको खुलेर प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले चीनले विगतका वर्षदेखि नेपालको विकास प्रयासमा निरन्तर सहयोग गरेकामा प्रशंसा गर्नुभएको थियो ।

    सो अवसरमा अध्यक्ष लीले चीनले तिब्बतमा कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गरेपछि छिट्टै सीमा बन्दरगाह खोल्ने र नेपालमा आगामी चाडपर्वका लागि सामान र अत्यावश्यक सामग्री ओसारपसार गर्ने कन्टेनरलाई सहजीकरण गर्ने आश्वासन दिनुभएको थियो ।
    चिनियाँ प्रतिनिधिमण्डलले नेपालमा चिनियाँ सहयोगमा सञ्चालित आयोजना कार्यान्वयनका लागि पहल गर्ने जानकारी गराएको थियो । नेपालको अनुरोधको जवाफमा चिनियाँ पक्ष नेपालको एलडिसीबाट सहज र दिगो स्तरोन्नतिलाई समर्थन गर्न सक्रिय प्रयास गर्न सहमत भएको भएको थियो ।

    संयोग पनि कस्तो पर्न गएको छ भने अध्यक्ष लीको भ्रमणकै क्रममा बन्द रहेका उत्तरका दुई नाका आजदेखि सञ्चालनमा आएका छन् । कोरोना नियन्त्रणका लागि ‘शुन्य कोरोना’को नीति अगाडि सारेको चीनले नाका बन्द गरेको अवस्था थियो ।

    दशै तिहार जस्ता चाडबाडको समयमा नाका बन्द हुनु मानवीय हिसाबले पनि अमिल्दो विषय भएको भनेर व्यवसायीले टिप्पणी गरिरहेको सन्दर्भमा ली को भ्रमणकै क्रममा खुलेको छ ।

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दशैं, तिहार लगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढी सहितका नाका तात्काल खोल्न आग्रह गर्नुभएको थियो । उहाँले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्नुभएको थियो ।
    ं
    अध्यक्ष दाहालले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउनका निम्ति चिनियाँ पक्षलाई आग्रह गर्नुभएको थियो ।

    सन् २०१६ पछि चीन र नेपालका बीचमा आर्थिक विकासका सम्बन्धका महत्वपूर्ण सम्झौता र साझेदारी गर्ने सहमति भएका छन् । यद्यपी कार्यान्वयनको पाटो भने कमजोर रहेको सन्दर्भमा माओवादी अध्यक्ष दाहालले बीआरआई लगायतका परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

    लामो समयदेखि दुई देशबीच राज्य–राज्य, सरकार– सरकारबीचको सम्बन्ध रहँदै आएको सन्दर्भमा पछिल्लो पटक जनता– जनताबीचको सम्बन्ध विस्तारका रुपमा संसदसँगको सम्बन्धलाई पनि अध्यक्ष ली को भ्रमणले उत्तिकै महत्व दिएको अर्थका रुपमा लिन सकिने चिनियाँ मामिलाका जानकार डा सापकोटाको भनाइ छ ।

    उहाँले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि भइरहेका उच्चस्तरीय भ्रमणले नेपाललाई चीनले उत्तिकै महत्व दिएको अर्थका रुपमा लिन सकिने र सम्बन्ध विस्तारका नयाँ नयाँ आयामको खोजीमा पछिल्लो भ्रमण मुखर देखिएको बताउनुभयो । आर्थिक रुपमा शक्तिसम्पन्न देशका रुपमा स्थापित हुँदै गएको चीनका राष्ट्रपति सीजिङपिङको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माणमा लागिपरेको छ ।

    नेपालले लामो समयदेखि अङ्गीकार गर्दै आएको एक चीन नीति र सुरक्षा चासोप्रति चीन सदैव सकारात्मक रहेको छ । भूराजनीतिक बदलावका बीचमा देखिने अन्तर्राष्ट्रिय विवाद र चासोका बीचमा नेपालको असंलग्न परराष्ट्र नीति तथा एक चीन नीतिप्रतिको पूर्ण प्रतिबद्धता आफैमा महत्वपूर्ण रहेको छ ।

    नेपाली भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिनेमा सजग रहँदै आएको छ । नेपाल चीनको असल मित्र रहेको र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकताको चीनले सधैं सम्मान गर्दै आएको छ ।

    नेपालको विकास र समृद्धिको बाटोमा चीन सधैं साथमा रहेको छ । नेपाल–चीन बीचको व्यापार घाटा कम गर्न र सीमा नाका खुलाउनका लागि पछिल्लो पटक अध्यक्ष ली ले समेत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोही प्रतिबद्धताको तात्कालीक परिणाम पनि देखिइसकेको छ ।

    अध्यक्ष ली को भ्रमणका क्रममा नै नेपाली पक्षले सीमा नाका र बीआरआई कार्यान्वयनका लागि गराएको ध्यानकर्षण आफैमा महत्वपूर्ण रहेको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खड्ग केसीको भनाइ छ । नाका खुल्ने विषयलाई पनि तत्कालीन रुपमा सकारात्मक रुपमा नै लिन सकिने उहाँको भनाइ छ ।

    चीन र नेपालको सम्बन्ध रणनीतिक साझेदारीका प्रवेश गरेको भनेर जसरी भ्रमणमा क्रममा विषय उठे र प्रमुख ‘प्रतिपक्षी दलका नेताले दोहोर्‍याएकाले’ यसलाई थप महत्वका साथ हेर्नुपर्ने उहाँको भनाइ छ । संसदीय प्रक्रियामा पनि सहकार्य गरेर जाने भन्ने विषय अर्को महत्वका साथ हेर्नुपर्ने उहाँको भनाइ छ ।

    नेपालका वामपन्थी शक्ति एकापसमा मिलुन भनेर गरिएका चर्चाका बीचमा ली को भ्रमणका क्रममा भने यस विषयले प्राथमिकता नपाएको र सतही अनुमान तथा विश्लेषण गरिएको समेत उहाँको टिप्पणी छ । उहाँले भन्नुभयो, “नेपाल प्राथमिकतामा छ भन्ने सन्देश यस भ्रमणबाट दिन खोजिएको होला भनेर लिन सकिन्छ ।”

    बुधबार मात्रै अध्यक्ष ली ले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताका क्रममा समेत दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयलाई नै केन्द्रमा राखिएको थियो । बुधबार बिहान मात्रै चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुन:निर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो ।

    नेपाल भ्रमणमा आउने चिनियाँ नेताले पूरातात्विक महत्वका क्षेत्रमा भ्रमण गर्ने प्रचलन रहँदै आएको छ । यसबाट नेपालमा चिनियाँ पर्यटकलाई आकर्षित गर्न बल पुग्ने जानकारहरुको भनाइ छ । चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका कम्युनिस्ट पार्टीबीच विशेष खासका सम्बन्ध रहँदै आएको चर्चा बेलाबखतमा हुने गरेको छ ।

    नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटवार्ता र त्यसक्रममा व्यक्त भएका विचारले पनि त्यसलाई पुन: पुष्टि गरिदिएको छ । अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता थियो ।

    विभिन्न शक्ति राष्ट्रसँग नेपालको सहकार्य बढ्नु र अन्तर्राष्ट्रिय तवरमा नै महत्व पाउने भ्रमण हुनुको पछि नेपालले अवलम्बन गर्दै आइरहेको अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्त नै प्रमुख कारणका रुपमा रहेको डा सापकोटाको भनाइ छ । नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्चस्तरको भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत गर्नेछ ।
     रासस

    बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.