• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

पर्यटकीय तथा पुरातात्विक महत्वको चन्द्रगढ ओझेलमा


  •   सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
  • झापा ३ असोज 

    Advertisement

    भद्रपुर विमानस्थलबाट उत्तर साढे तीन किलोमिटरको दूरीमा ऐतिहासिक एवं पुरातात्विक महत्वको चन्द्रगढ पर्यटकीयस्थल रहेको छ । जुन क्षेत्रको पर्याप्त विकास हुन नसक्दा वार्षिक रु पाँच करोडभन्दा बढीको आम्दानी गुम्नुका साथै ओझेलसमेत परेको छ ।

    भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक वनभित्र रहेको यस स्थानमा राणाशासन कालमा चन्द्र शमशेर आएर सैनिक किल्ला कायम गरेको स्वतन्त्र विश्वकोष विकिपिडियामा उल्लेख छ तर, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गा भट्टराईले यसको इतिहासबारे अन्योल रहेको बताउनुभयो ।

    उहाँका अनुसार सो क्षेत्रमा पानी नभएको दुईवटा पोखरी, थुम्की र इनार भग्नावशेषको रुपमा पाइन्छ । चार सय ३० हेक्टर क्षेत्रमा रहेको सामुदायिक वनभित्र रहेको चन्द्रगढमा विसं २०५५÷०५६ तिर पुरातत्व विभागले उत्खननसमेत गरेको उहाँको भनाइ छ । उहाँले उत्खननका क्रममा पोखरी आसपास क्षेत्रभित्र माटाको भाडाकुँडा भेटिएको कार्यालयको अभिलेखमा रहेको जानकारी दिनुभयो ।

    वन क्षेत्रको ४२ हेक्टर जमिनमा फैलिएको चन्द्रगढलाई पर्यटकीयस्थलमा विकास गर्नका लागि विसं २०६१÷०६२ मा तत्कालीन मोरङ बहुमुखी क्याम्पसका प्रा डा सोमप्रसाद खतिवडा र इटहरीका चित्रकार विक्रम श्रीलगायतको विज्ञको टोलीले अवधारणा पत्रसमेत बनाएको थियो तर, सोअनुरुप बजेट अभावमा भने काम हुन नसकेको अध्यक्ष भट्टराईको भनाइ छ ।

    भद्रपुर नगरपालिकाको पुष्पलाल मार्गको रिङरोडभित्र रहेको चन्द्रगढकै नामबाट झापाको सदरमुकामको नाम चन्द्रगढी रहन गएको अधिकांश पुराना मानिस बताउँछन् । सो क्षेत्रमा सुरुमा बस्ती र हालको जीवन ज्योति प्राथमिक विद्यालय रहे तापनि विसं २०३६ मा तत्कालीन सरकारले जग्गा सट्टा भर्ना गराएर सबै स्थान्तरण गरेको उहाँको भनाइ छ । उहाँले सो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सामुदायिक वनले २३ वटा आधार बनाएर काम गरिरहेको बताउनुभयो । वनलाई हराभरा बनाउने, पोखरीको थप उत्खनन गरी पानी भर्ने, पोखरीमा डुङ्गा चलाउने, वनभोजस्थललाई व्यवस्थित बनाउनेलगायतका काम गर्न नगरसँग समेत समन्वय भइरहेको बताउनुभयो ।

    “पर्यटकीय क्षेत्रको हिसाबले जिल्लाकै सबैभन्दा धनी सामुदायिक वन हो चन्द्रगढी”, उहाँले भन्नुभयो, “विकास गर्न बाँकी छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको भौतिक पूर्वाधार निर्माणमा सहयोग रहेमा आन्तरिक र बाह्य पर्यटकबाट मात्र वार्षिक रु पाँच करोड आम्दानी गर्न सकिन्छ ।” उहाँले सो क्षेत्रको विकासलाई व्यवस्थित र आकर्षक बनाउन थप डिपिआर र गुरुयोजना निर्माणका लागि चालु आर्थिक वर्षमा रु पाँच लाख छुट्याएको बताउनुभयो ।

    वनको आम्दानीको २५ प्रतिशत पूर्वाधार विकासमा खर्च गरिने नियमबमोजिम पर्यटन प्रवद्र्धनका लागि आठ हेक्टर जमिनमा धार्मिक तथा पर्यटकीय क्षेत्रलाई निर्माणको कार्य अघि बढाइएको छ । जसअन्तर्गत सो क्षेत्रमा एक हजार वटा आँपका बिरुवा रोप्नुका साथै तीन वटा गोलघर निर्माण गरिएको छ । अहिलेसम्म हात्ती नियन्त्रणका लागि तारको घेरावारा गर्दै छ किलोमिटरको क्षेत्रमा करेन्ट प्रवाह गरिसकिएको, वनभोजस्थलको निर्माण, शौचालय निर्माणलगायतका विभिन्न कार्यमा रु १५ लाख बराबरको खर्च भइसकेको छ । भद्रपुर नगरपालिकाबाट हालसम्म १६ वटा सोलार बिजुलीको पिलर जडान गरिदिए पनि बाँकी सबै खर्च भने वन समूहकै भएको समितिको कार्यालयले जनाएको छ ।

    करिब दुई हजार दुई सय वर्ष पुरानो अवशेष रहेको यस क्षेत्रमा प्राकृतिकरुपमा १६ वटा थुम्की, दुई वटा पोखरीलगायतको सुन्दर हरियाली जमिन रहेको छ । पूर्वपश्चिम राजमार्गको चारआली बजारबाट करिब तीन किलोमिटर दक्षिण क्षेत्रमा रहेको वन क्षेत्र पुग्न कालोपत्रे सडक निर्माण भइसकेको छ ।

    हाल सामुदायिक वनको उपभोक्ता मात्र दुई हजार तीन सय छन् । उनीहरुलाई वार्षिकरुपमा एक दिन वनभित्रका झाडी सरसफाइका लागि श्रमदान गर्नुपर्ने वा सो अभियानमा सहभागी नहुने उपभोक्ताले रु पाँच सय जरिवानाबापत तिर्नुपर्ने वनले नियम बनाएको छ । सो नियमको पालना उपभोक्ताले प्रतिबद्ध भएर गरिरहेको उहाँको भनाइ छ । चन्द्रगढ क्षेत्रको आसपासमा सन्थाल, थारुलगायत बहुजाति, बहुभाषीको बसोबास छ ।

    सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.